• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

बैतडीमा चितुवा आतंक : स्थानीय भन्छन्- बेलुकाको खाना दिउँसै खान्छाैं

८ वर्षमा २५ जना मारिए
64x64
ललित बोहरा बुधबार, फागुन २८, २०७६  १३:११
1140x725

बैतडी- चितुवाले बैतडीको तल्लो स्वराडमा पछिल्ला ८ वर्षमा २५ जनाको ज्यान लिएको छ। मंगलबार बिहान ४ बजे मैलौलीमा चितुवाको आक्रमणबाट एक बालिकाको ज्यान गएपछि यो संख्या २५ पुगेको छ। 
जिल्लाको मेलौली नगरपालिका–९ असुरका रामबहादुर लुहारकी ८ वर्षीया छोरी सीताको चितुवाको आक्रमणबाट ज्यान गएको हो। ओछ्यानमा सुतेकै अवस्थामा चितुवाले आक्रमण गरेर लगेको र घरदेखि ५०० मिटरकाे दूरीमा सीताकाे शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी डिल्लीनारायाण पण्डेयले जानकारी दिए।

८ वर्षमा २५ जना मारिए
गत बुधबार राति पनि शिवनाथ गाउँपालिका– ४ खडितका १५ वर्षीय हर्कबहादुर साउदलाई चितुवाले आक्रमण गर्‍याे। साउदलाई चितुवाले आक्रमण गरेको थाहा पाएर स्थानीयले होहल्ला गरे। स्थानीयहरूले होहल्ला गरेपछि चितुवाले उनलाई घाइते बनाएर छाड्यो।

२०७४ भदौ महिनामा मेलौली नगरपालिका– ९ असुरकी ४० वर्षीया कुन्दादेवी भट्ट बिहान ९ बजेतिर घरनजिकै मकैबारीमा घाँस काटिरहेकी थिइन्। एक्कासि चितुवाले भट्टको नाक र बायाँ हातमा चिथोरेर घाइते बनायो। गत २० भदौकाे साँझमा शिवनाथ गाउँपालिका– २ टाडिखर्कका ७ वर्षीय सुदीप मडैको आँगनमा खेलिरहेका बेला चितुवाको आक्रमणबाट ज्यान गयाे। उनी मात्र होइन २०७३ भदौमा चितुवाले आक्रमण गरेर २ बालिकाको ज्यान लिएको थियो।

२०६८ सालयता बैतडीको तल्लो स्वराडमा चितुवाको आक्रमणबाट २५ जनाको मृत्यु हुनुका साथै २४ जना घाइते भएका छन्। पछिल्लो समय फेरि तल्लो स्वराडका केही ठाउँहरूमा नरभक्षी चितुवाको त्रास फैलिएकाे छ। तल्लो स्वराडमा चितुवाले आक्रमण गर्न थालेपछि स्थानीय डरले घरभित्रै दिसा पिसाब गर्न बाध्य भएकाे स्थानीय नारायण राम सार्कीले बताए।

चितुवाले यहाँका स्थानीयलाई पटक–पटक आक्रमण गर्ने गरेको भए पनि चितुवालाई कसैले नियन्त्रणमा लिन भने सकेका छैनन्। विगतमा चितुवालाई नियन्त्रणमा लिन हातहतीयारसहितका सुरक्षाकर्मी खटाए पनि नियन्त्रणमा लिन नसकिएको शिवनाथ गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए। उनले भने, ‘विगतमा म शिक्षक हुदाँ पनि स्थानीय र हातहतियारसहितको प्रहरी टोली खटेकाे थियो, चितुवा नियन्त्रण बाहिर नै छ।’

बैतडीका हरेक क्षेत्रमा अहिले चितुवाबाट समाधानलगाएतका सचेतनामुलक बोर्डहरु राखिएका छन्। घरकाे आँगनमा खेलिरहेका बच्चा र खेतमा काम गरिरहेकाहरुलाई चितुवाले कुन बेला आक्रमण गर्छ र ज्यान लिन्छ भन्ने चिन्ताले यहाँका स्थानीयलाई पिरोलिरहेको छ। मानिसलाई आक्रमण गर्ने चितुवाले स्थानीले पालेका भेडा–बाख्रासमेत खाने गरेकाे छ।

स्थानीय दीपकबहादुर चन्दले विदेशमा काम गर्नुभन्दा त आफ्नै ठाउँमा केही गरौँ भनेर बाख्रा पालन व्यवसाय गरे। उनले करिब डेढ सय बाख्रा पालेका थिए।५० जति बाख्रा चितुवाले खाएपछि उनले अहिले बाख्रापालन व्यावसाय छाडिसकेका छन्। सरकारले चितुवा नियन्त्रणमा पहल नगरेकाले आफ्नो साँझ-बिहानको छाँक टार्नसमेत समस्या भएको उनको भनाइ छ।

‘सरकारले चितुवा नियन्त्रण गर्न बासस्थान सर्च गर्नुपर्छ। चितुवा नियन्त्रण गर्नसक्ने व्यक्ति ल्याउनुपर्छ,’ उनले भने, ‘चितुवा नियन्त्रण गर्न भनेर आउँछन्। तर, नियन्त्रण गर्न सकेका छैनन्। चितुवा नियन्त्रण गर्ने निहुँमा चियापानी खाएर मात्र हुँदैन।'

Ncell 2
Ncell 2
nimb
nimb

चितुवा मार्ने अनुमति दिन माग
२५ जनाको चितुवाले ज्यान लिइसक्दा पनि सरकारले चितुवा नियन्त्रण गर्ने पहल नगरेको भन्दै स्थानीय आक्रोशित भएका छन्। चितुवाले धेरैको ज्यान लिएपछि त्रसित नागरिकले चितुवा मार्न पटक–पटक स्थानीय प्रशासनसँग माग गर्दा प्रशासनले प्रहरी परिचालन गरे पनि नियन्त्रण नभएकाे भन्दै स्थानीय आक्रोशित भएका हुन्।

चितुवाले धेरैको कोख रित्याइसकेको छ भने धेरैको सिउँदो मेटाइसकेको छ। चितुवाका कारण आफूहरू त्रासमय वातावरणमा बाँच्न बाध्य भएको पञ्चेस्वर गाउँपालिका–३ का वडा सदस्य कालुसिंह जोशीले बताए। ‘सरकारले चितुवा नियन्त्रण गर्न सकेन। सरकारले सक्दैन भने हामी नियन्त्रण गछौ,’ उनले भने, ‘कि त सरकारले चितुवा मार्नुपर्छ, होइन भने हामीलाई मार्ने अनुमति दिनुपर्छ।’

बेलुकाको खाना दिउँसै
कतिबेला चितुवा आउँछ र आक्रमण गर्छ भन्ने त्रासमा यहाँका स्थानीय छन्। विगत १०/१२ वर्षदेखि नै पञ्चेस्वर, विशालपुर, शिवनाथलगायतका स्थानमा चितुवाको बिगबिगी रहेकाे कुलाउ माध्यमिक विद्यालय कुलाउका शिक्षक नरिदत्त भट्टले बताए।

‘कैयौँ बालबालिकाको चितुवाले ज्यान लिएकोले स्थानीयहरू काम छोड्न बाध्य छन्,’ उनले भने, ‘बेलुकाको खाना पनि चितुवाको डरले दिउँसै खान्छौँ। चितुवा आएर आक्रमण गर्छ कि भनेर कोठा बन्द गरेर सुत्छौँ। तर, सरकारको ध्यान गएको छैन।’

संसदमा चितुवा नियन्त्रणको माग
बैतडीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित संघीय सांसद तथा पूर्वअर्थ राज्यमन्त्री दामोदर भण्डारीले तल्सो स्वराड क्षेत्रमा चितुवा आतंकको समस्या रहेकाले त्यस विषयमा आफूले संसदमा पटक–पटक कुरा उठाएको बताए। राष्ट्रपति विद्यादेवी भण्डारी बैतडी आउँदासमेत आफूले चितुवा नियन्त्रणका बारेमा कुरा गरेको उनले बताए।

अहिले आफू कैलालीमा रहेको र काठमाडौं जाने बितिक्कै सम्बन्धित निकायमा यसबारे कुरा राख्ने उनको भनाइ छ। ‘भारतले आफ्नोतिर सडक बाटो, विद्युत्‌लगायतका संरचनाहरू निर्माण गरेको छ। भारततिर उज्यालो भयो। चितुवा अध्याँरोमा बस्छ,’ उनले भने, ‘नेपालतिर अध्याँरो भएकाले चितुवा नेपालतिर आएको अध्ययनले देखाएको छ। यसको नियन्त्रणका लागि हामी दीर्घकालीन उपाय के हुन सक्छन्? भनेर गम्भीरतापूर्वक राष्ट्रको ध्यान आकर्षण गराइरहेका छौँ।’

के गर्दै छ डिभिजन वन कार्यालय?
डिभिजन वन कार्यालय बैतडीलाई चितुवा नियन्त्रण गर्नका लागि आग्रह गरिसकेको जिल्ला प्रशासन कार्यालले बताएको छ। डिभिजन वन कार्यालयले बर्दिया राष्ट्रिय निकुञ्जलाई पत्राचार गरेको छ।

‘अहिले चितुवाबाट बच्नका लागि डिभिजन वन कार्यालय सचेतनामूलक कार्यक्रम गरिरहेको छ। जिल्लाका सुरक्षासम्बद्ध निकायहरूले त्यस क्षेत्रमा अनुगमन गरेका थिए’, प्रमुख जिल्ला अधिकारी आन्दत पौडेलले भने, ‘पीडितहरूलाई हामीले क्षतिपूर्ति पनि दिएका छौँ। स्थानीयले चितुवा मार्न पाउनुपर्छ भनेका छन्। हामीले मार्न दिनेभन्दा पनि वन कार्यालयले दिने हो।’

प्रकाशित मिति: बुधबार, फागुन २८, २०७६  १३:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ललित बोहरा
ललित नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
दल बदलेपछि बैतडीका एक जनप्रतिनिधि पद मुक्त
हजारौँ रोपनी जमिनमा सिँचाइ गर्ने २० लाख लिटर क्षमताको पोखरी पुनर्निर्माण गर्ने भएपछि कृषक उत्साहित
बैतडीमा ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सम्बन्धित सामग्री
खोलाको अधिकारमा सर्वोच्चको पहिलो व्याख्या : ‘जीवित व्यक्तित्व’को मान्यता सर्वोच्च अदालतले पहिलो पटक खोला तथा नदीको अधिकार सम्बन्धमा विस्तृत व्याख्या गर्दै फैसला सुनाएको छ। सोमबार, भदौ २९, २०८३
आज हरितालिका तीज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज सोमबार अटल सौभाग्यको कामना गरी मनाइँदैछ। सोमबार, भदौ २९, २०८३
आज दर खाँदै नेपाली महिला हरितालिका (तीज) व्रतका लागि शक्ति सञ्चय गर्न नेपाली महिलाले आज दर खाँदैछन्। दर खाएसँगै चारदिने तीज पर्व औपचारिक रूपमा सुरु हुनेछ। आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको ‘जुनतारा’ सार्वजनिक (भिडियो) आइतबार, असोज ४, २०८३
एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन सचिवालयबाट स्वीकृत, अब केन्द्रीय कमिटीमा जाने आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपठक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
यूएन महासभामा सहभागी प्रधानमन्त्री शाह मंगलबार जाने, परराष्ट्रमन्त्री आजै न्यूयोर्क उडे, यस्तो छ कार्यतालिका आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपठक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्