• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

कोराेनाको जोखिमसँगै अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्यामा भारी गिरावट

दैनिक ११ हजारबाट घटेर ५ हजार हुन लाग्यो : प्राधिकरण
64x64
नेपाल लाइभ मंगलबार, फागुन २७, २०७६  १५:५०
1140x725

काठमाडौं- कोरोना संक्रमणको सन्त्रास बढेसँगै विश्वभरका विभिन्न गन्तव्य र नेपालबाट विभिन्न गन्तव्यमा हवाई यात्रा गर्ने यात्रुको संख्यामा गिरावट आएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार उडान संख्या र अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्यामा गिरावट आएको छ।

कार्यालयका अनुसार जनवरी महिनामा मात्रै अन्तर्राष्ट्रिय उडान संख्यामा १ दशमलव ६७ प्रतिशत घटेको थियो। तर, फेब्रुअरीमा भने उडान संख्यामा ६ दशमलव ८३ प्रतिशतले कमी आइसकेको छ। यसैगरी विमानस्थल कार्यालयका अनुसार यात्रु संख्यामा भने भारी गिरावट आएको छ।

जनवरीमा सामान्य गिरावट आएपनि फेब्रुअरी भने अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्यामा भारी गिरावट आएको छ। विमानस्थल कार्यालयका अनुसार जनवरीमा अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या सन् २०१९ को तुलनामा ६ दशमलव ८३ प्रतिशतले कमी आएको हो।

सन् २०१९ को जनवरीमा अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या ३ लाख ५५ हजार ४ सय ४४ थियो। कोरोनाको संक्रमण विश्वभर फैलिएसँगै सन् २०२० को जनवरीमा नेपाल हुँदै विश्वका विभिन्न गन्तव्यमा उडान गर्ने यात्रुको संख्या झन्डै २४ हजारले घटेर ३ लाख ३१ हजार १ सय ५० मा आएको छ।

यसैगरी सन् २०१९ को जनवरीमा काठमाडौं विमानस्थलमा २ हजार ८ सय ७९ वटा उडान तथा अवरतण भएको थियो भने सन् २०२० मा यो पनि घटेर २ हजार ८ सय ३१ मा झरेको छ। यसैगरी फेब्रुअरीमा भने अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या सन् २०१९ को तुलनामा सन् २०२० मा झन्डै ५३ हजारले कमी आएको छ। 

सन् २०१९ को फेब्रुअरीमा ३ लाख ३० हजार २५ अन्तर्राष्ट्रिय हवाई यात्रु थिए भने यो संख्या सन् २०२० को फेब्रुअरीमा घटेर २ लाख ७७ हजार ८८ मा झरेको छ। जनवरीमा घटेको यात्रु संख्या ६ दशमलव ८३ प्रतिशत थियो भने फेब्रुअरीमा घटेको यात्रुको संख्या १६ दशमलव ०४ रहेको छ।

यसैगरी सन् २०२० को फेब्रुअरीमा उडान संख्यामा पनि  ६ दशमलव ८० प्रतिशतले गिरावट आएको छ। सन् २०२० को फेब्रुअरीमा २ हजार ३ सय ४२ वटा उडान तथा अवतरण भएको छ। जुन संख्या सन् २०१९ मा २ हजार ५ सय १३ थियो।

Ncell 2
Ncell 2
nimb
nimb

कुन कनु एयरलाइन्सको उडान बन्द
जनवरी र फेब्रुअरीमा मात्रै नेपालबाट उडान गर्दै आएका र चीनको विभिन्न गन्तव्यबाट उडान गर्दै आएका ४ वटा एयरलाइन्स कम्पनीले उडान बन्द गरिसकेका छन्।

नेपालमा अन्तर्राष्ट्रिय उडानको अवस्था
कोरोना भाइरसको प्रभाव रहेका मुलुकहरू चीन, जापान तथा दक्षिण कोरियामा नेपालबाट सिधा उडान रहेको छ भने इरान र इटलीमा भने नेपालको सिधा उडान छैन।

चीन 
काठमाडौं र चीनका १० सहरबीच नेपालबाट हिमालय एयरलाइन्स र चीनबाट ५ वटा एयरलाइन्सले सातामा कुल ६५ वटा सिधा उडान गरिरहेकोमा हालको उडान अवस्था देहाय बमोजिम रहेको छः

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हङकङ (चीन)
नेपाल एयरलाइन्सले चीनको हङकङमा हप्तामा ३ उडान यथावत् रुपमा गर्दै आएको छ भने हङकङको क्याथे ड्रागनले काठमाडौंमा हप्तामा ५ उडान रहेकोमा यही ३ मार्च २०२० बाट घटाई ४ उडान कायम गरेको छ। यसको मूख्य कारण यात्रुको संख्यामा गिरावट रहेको विमानस्थल कार्यालयले जनाएको छ। 

जापानः
नेपाल वायुसेवाले जापानको ओसाकामा हप्तामा ३ उडान गर्दै आएकोमा २ मार्च २०२० देखि ओसाकाको उडान हटाई टोकियोमा हप्तामा ३ उडान प्रारम्भ गरेको छ। यो गन्तव्यको उडान पनि यथावत छ। 

दक्षिण कोरियाः
दक्षिण कोरियामा नेपाली वायुसेवाले उडान गरेको छैन। तर कोरियन एयरलाइन्सले सोलबाट हप्तामा ४ उडान यथावत रुपमा गर्दै आएको छ। 

कतार
कतारको दोहामा अहिले हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सले उडान स्थगित गरिसेका छन्। हिमालयले ९ मार्चदेखि उडान स्थगित गरेको हो भने नेपाल एयरलाइन्सले मंगलबारबाट उडान स्थगित हुने सूचना जारी गरिसकेको छ। तर, कतार एयरवेजले भने उडान यथावत् नै गरिरहेका छन्।

यसैगरी भारत, मलेसिया, साउदीलगायतका देशमा भएका उडान केही घटेपनि कुनै पनि एयरलाइन्सले स्थगित गरेका छैनन्।

उडान संख्यामा सामान्य कमी आएपछि यात्रु संख्या भने अहिले निरन्तर रुपमा घटेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्री बताउँछन्। उनको अनुसार पछिल्लो समय यात्रुको संख्यामा ५० प्रतिशतभन्दा बढीले गिरावट आइसकेको छ। उनका अनुसार त्रिभूवन विमानस्थल हुँदै अन्तर्राष्ट्रिय हवाई यात्रा गर्नेको संख्या ११ हजारबाट झरेर ५ हजारको हाराहारीमा आइसको छ। यात्रुको संख्या घटनु भने प्राधिकरणको पनि कारोबार कम हुँदै गएको उनको भनाइ छ।

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०७६  १५:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दसैँमा सशस्त्र प्रहरीको बस सेवा, प्रधानमन्त्री कार्यालयको प्रचार !
चार दिनमै फेरि कारागारमा
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि
सम्बन्धित सामग्री
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा आरएनपी–एआर (RNP-AR) अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढाएको हो। प्रारम्भिक... बिहीबार, असोज २९, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला लामो अवधिसम्म बुकिङ खुल्नुले पोखरा–दुबई हवाई सेवाको निरन्तरताप्रति आशा जगाएको छ भने पोखराको पर्यटन क्षेत्रले समेत यसलाई सकारात्मक रू... बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता कर्णाली प्रदेशका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गए पनि आवश्यक पूर्वाधार निर्माणमा भइरहेको ढिलाइले पर्यटन... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
दसैँमा सशस्त्र प्रहरीको बस सेवा, प्रधानमन्त्री कार्यालयको प्रचार ! मंगलबार, कात्तिक ३, २०८३
चार दिनमै फेरि कारागारमा मंगलबार, कात्तिक ३, २०८३
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता] मंगलबार, कात्तिक ३, २०८३
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्