काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले कतारको दोहामा गर्दै आएको नियमित उडान हाललाई तत्कालका लागि स्थगित गरेको छ।
मंगलबार निगमले एक विज्ञप्ति जारी गर्दै कतारको दोहा उडान तत्कालका लागि स्थगित गरेको जानकारी दिएको हो।
'कोरोना भाइरसको संक्रमण जोखिमलाई न्यूनिकरण गर्न विभिन्न १४ मुलुकका नागरिकलाई कतारमा प्रवेश गर्न अस्थायी प्रतिबन्ध लगाएको र ती १४ देशमध्ये नेपाल पनि एक भएकाले १० मार्च २०२० बाट अर्को निर्णय नहुन्जेल स्थगित गर्नु परेको हो,' निगमको विज्ञप्तिमा उल्लेख छ।
तत्कालका लागि दोहा उडान गरेको निगमले २०७६ फागुन २६ गते र सोभन्दा पछिका उडानका टिकटको पुरै रकम उपलब्ध गराउने समेत जानकारी दिएको छ।
यसका साथै टिकटको उडानको मिति २ पटकसम्म परिवर्तन गर्न शुल्क नलाग्ने व्यवस्थासमेत गरेको उल्लेख जानकारी दिएको छ।
नेपाल वायुसेवा निगमले हालसम्म दोहाका लागि हप्तामा सातै दिन उडान गर्दै आएको थियो।
यसअघि हिमालय एयरलाइन्सले समेत काठमाडौं- दोहाका सबै उडान रद्द गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।