युएई- संयुक्त अरब इमिरेट्समा सोमबार दुई नेपालीसहित नयाँ १४ जनामा कोरोना संक्रमण देखिएको छ।
युएईस्थित स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको रिपोर्टअनुसार दुई नेपालीसहित नयाँ थप १४ जनामा कोरोना संक्रमण भेटिएको हो।
गल्फ टुडेका अनुसार नयाँ संक्रमितमध्ये ४ जना युएईका, दुईजना बंगाली, र एक रसियन, एक जना भारतीय र एक सिरियाली रहेको उल्लेख गरिएको छ।
योसँगै युएईमा कोरोना संक्रमित संख्या ५९ पुगेको गल्फ टुडेले उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।