काठमाडाैं- अष्ट्रेलियन नेप्लिज जर्नलिष्ट एशोसियसनको अध्यक्षमा हेमन्त काफ्ले चयन भएका छन्। एडिलेडमा शनिबार सम्पन्न पहिलो साधारण सभाले सर्वसम्मत रुपमा काफ्लेको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरेको छ।
साधारण सभाले सह-अध्यक्षमा ऋषि अचार्य, उपाध्यक्षमा निरु त्रिपाठी र सिता रसाइली, महासचिबमा चिरन्जिबी देबकोटा, सचिबमा सरल गुरुङ, कोषाध्यक्षमा कृष्ण तिवारीलाई चयन गरेको छ।
सदस्यहरुमा प्रकाश हुमागाई, खगेन्द्र सत्याल, कमल सिलवाल, छत्र शंकर, मिलन दाहाल र सरिता ढकाल चयन भएका छन्। कार्यसमितिको कार्यकाल दुई वर्षको हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।