लहान– भारतबाट अवैध रुपमा नेपाल ल्याइएका ५ सय बाेइलर कुखुरासहितको पिकअप भ्यान सिरहाबाट प्रहरीले नियन्त्रणमा लिएकाे छ। गाडीका चालकलाई पनि प्रहरीले पक्राउ गरेको छ। तर, उनकाे पहिचान खुलाएको छैन।
शुक्रबार राति करिव १० बजे सिरहा नगरपालिका ७ स्थित ट्राफिक चाेकबाट कुखुरा बाेकेको ना.४ ख ९३६५ नम्बरको पिकअप नियन्त्रणमा लिइएको छ पिकअपमा करिव २ लाख ५० हजार मूल्य बराबरका ५ सय कुखुरा बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
गाडी र चालकलाई भन्सार कार्यालय माडरमा बुझाइएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएका कुखुरा भन्सार कार्यालयको प्राङ्गणमा नष्ट गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।