काठमाडौं– नेपाल प्रहरीमा प्राविधिक इन्जिनियरिङ्तर्फ एआइजी दरबन्दी नहुँदा असन्तुष्ट भएका डिआइजी राजीव सुब्बाले राजीनामा दिएका छन्। नेपाल प्रहरीलाई प्रविधि मैत्री बनाउन उल्लेख्य भूमिका निभाएका उनले राजीनामा पत्रमा राजीनामाको कारण व्यक्तिगत उल्लेख गरेका छन्।
प्रहरीमा चिकित्सातर्फ एआइजीको दरबन्दी छ। तर, प्राविधिक इन्जिनियरिङ्तर्फ एआइजी पदको दरबन्दी छैन। दरबन्दीको अभावमा आफूभन्दा जुनियर एआइजी हुँदा उनी डिआइजी पदमै बस्न बाध्य भएका थिए।
स्रोतका अनुसार उनले इन्जिनियरिङ्तर्फ पनि एआइजी पदको दरबन्दीका लागि पहल गर्न संगठनमा कुरा अगाडि बढाए पनि प्रक्रिया अगाडि नबढेपछि उनी असन्तुष्ट थिए। उनले दिएको राजीनामा प्रहरी महानिरिक्षक ठाकुर ज्ञवालीको हातमा पुगिसकेको स्राेतले बतायाे। तर, उनले सुब्बाको राजीनामा पत्र गृह मन्त्रालय पठाएका छैनन्। गृहमा नपठाई उनको राजीनामा स्वीकृत हुन सक्दैन।
२०७२ मा आएको शक्तिशाली भूकम्पपछि सूचना सम्प्रेशणलगायतका काममा उनले प्रहरीको प्राविधिक पक्ष निक्कै बलियो बनाएका थिए। उनले पिएचडीसमेत प्राकृतीक विपद्मा सामाजिक सञ्जालको प्रयोगमा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।