काठमाडौं-वायुसेवा सञ्चालक कम्पनीहरूले कर्मचारीको तलब घटाउने निर्णय गरेका छन्।
बिहीबार बेलुका बसेको वायुसेवा सञ्चालकहरूको छाता संगठन वायुसेवा सञ्चालक संघको बैठकले २० देखि ४० प्रतिशतसम्म तलब घटाउने र कर्मचारीलाई फोर्स लिभ, पेड लिभ र नन पेड लिभसमेत आवश्यकताअनुसार गराउने निर्णय भएको व्यवसायी सुमन पान्डेले जानकारी दिए।
उनका अनुसार २० हजार रूपैयाँभन्दा कम तलब खाने कर्मचारीको भने कटौती हुनेछैन। तर, २० हजारभन्दा माथि र ३० हजारसम्म मासिक पारिश्रमिक बुझ्ने कर्मचारीको २० प्रतिशत, १ लाखसम्म पारिश्रमिक पाउने कर्मचारीको ४० प्रतिशत र १ लाखभन्दा बढी पारिश्रमिक पाउने कर्मचारीको तलब तथा सुविधा ५० प्रतिशत कटौति गर्ने निर्णय गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।