काठमाडौं- निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरलाइन्सले हवाई यात्रा गर्ने यात्रुको ज्वरो नाप्ने भएको छ। एयरलाइन्सले शुक्रबारदेखि नै ज्वरो मापनको काम थालेको हो।
विमान चढ्न जानुअघि ‘चेक-इन काउन्टर’मा कर्मचारीले सबै यात्रुको ज्वरो नाप्ने र १ सय फरेनहाइट तथा त्योभन्दा माथिको ज्वरो देखिने सबै यात्रुलाई यात्रा गर्न नदिने एयरलाइन्सले जनाएको छ।
त्यसअघि बुद्ध एयरले सम्पूर्ण बस, जहाज र आफ्नो उडान कर्मचारीमा कोरोनाको संक्रमण नहोस् भनी विशेष सरकसफाई गरेको जानकारी समेत आधिकारीक फेसकबुक फेजबाट गराइरहेको थियो।
कोरोना भाइरसको संक्रमण भित्रनै नदिन सतर्कताको काम थालिएको कम्पनीको भनाइ छ।
एयरलायन्सले काठमाडौंबाट उड्नुअघि र अन्य गन्तव्यबाट काठमाडौं उड्नुअघि विमानस्थलमै ज्वरो नाप्न थालेको हो। बुद्ध एयरलले अहिले १३ वटा जहाज मार्फत आन्तरिक हवाई सेवा प्रदान गर्दै आएको छ।
बजार हिस्सामा पनि बुद्ध एयरलाइन्स सबैभन्दा ठूलो कम्पनी हो। बुद्धले अहिले काठमाडौंबाट पोखरा, नेपागञ्ज, धनगढी, सुर्खेत‚ भैरहवा, चितवन, राजविराज, जनकपुर, सिमरा, तुम्लिङटार, विराटनगर र भद्रपुरमा उडान गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।