काठमाडौं- निजी हवाई सेवा प्रदायक कम्पनी सिम्रिक एयरलाइन्सले हवाई यात्राका लागि टिकट काटेका यात्रुले रद्द गर्न चाहेमा पनि रद्द गर्दा चार्ज नलिने भएको छ।
साथै एयरलाइन्सले उडान मिति सार्न सक्ने सेवा समेत दिने भएको छ। एयरलाइन्सले कोरोना भाइरसको सन्त्रास बढेसँगै यात्रुलाई सहजताको लागि यस्तो सुविधा दिएको एयरलाइन्सका बजार व्यवस्थापक प्रज्जवल थापाले जानकारी दिए। एयरलाइन्सले अहिले पोखरामा आन्तरिक हवाई सेवा प्रदान गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।