फाइल तस्बिर
काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत क्रमिक सुधार आएको शिक्षण अस्पतालले जनाएको छ। प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरिएको आज तेस्रो दिन हो।
स्वास्थ्यमा आएको सुधारसँगै प्रधानमन्त्रीलाई हिँडडुल गराउन थालिएको र ठोस आहार दिन सुरु गरिएको अस्पतालका कार्यकारी निर्देशक डा प्रेमकृष्ण खड्गाले जानकारी दिए।
उनका अनुसार प्रधानमन्त्रीका सबै भाइटल तथा ल्याब सूचकहरु सामान्य अवस्थामा रहेका छन्।
प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौलाको स्वास्थ्य स्थितिमा पनि क्रमिक सुधार आएको छ। उनलाई पनि ठोस आहार दिन थालिएको डा खड्गाले जानकारी दिए।
प्रधानमन्त्रीको बुधबार मिर्गौला प्रत्यारोपण भएको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।