काठमाडौं– नेकपाका सांसद भीम रावलले विश्वभर फैलिएको कोराेना भाइरस रोकथामका लागि सबैले अब एक भएर संकल्प गर्नुपर्ने बताएका छन्। संघीय संसदको सार्वजनिक महत्वको प्रस्तावमा बाेल्दै रावलले विशेष गरी भारतीय खुल्ला सीमा नियन्त्रणमा ध्यान दिन माग गरे।
पहिला उपचार र संक्रमण रोक्ने तयारी थाल्न आवश्यक रहेको रावलले बताए। विद्यालय, कार्यालय र भिड हुने ठाउँमा परीक्षण गर्ने कार्य शुरु हुनुपर्ने उनले बताए। मनोवैज्ञानिक रुपमा आतंक सिर्जना गर्ने अवस्था पहिला अन्त्य हुनुपर्ने उनले माग गरे। सहर र घनाबसोबास भएको स्थानमा सरसफाई र प्रकोपको रुपमा फैलन सक्ने स्थानमा विशेष सर्तकता अपनाउन माग गरे।
उनले भने, 'निगरानी अझै कडाई गर्न जरुरी छ। भारतजस्तो खुल्ला सिमाना रहेको देशमा समयमै सचेत हुन जरुरी छ। साझा अभियानको रुपमा यसलाई लैजान जरुरी छ। एउटै संकल्पका साथ सबै अघि बढौं।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।