काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला प्रत्यारोपणपछि पहिलो पटक अस्पतालकाे शैयाबाट सन्देश पठाएका छन्।
प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य तीव्र रुपमा सुधार भएको भन्दै छिट्टै काममा फर्केने सन्देश पठाएका हुन्।
प्रधानमन्त्रीका प्रमुख सल्लाहाकार विष्णु रिमालले सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्रीले यस्तो सन्देश पठाएको उल्लेख गरेका छन्। रिमालले लेखेका छन्, ‘सर्जरीपछि आज पहिलो पटक प्रधानमन्त्रिज्यू सँग कुरा गर्ने अवसर मिल्यो। 'साथीहरुलाई भनिदिनुस, मेरो स्वास्थ्य तीव्रगतिमा सुधार भइरहेको छ। छिट्टै म काममा फर्किन्छु।’ धेरै खुसी लाग्यो, शीघ्र स्वास्थ्यलाभको कामना प्रधानमन्त्रीज्यू!’
प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा बुधवार मिर्गौला प्रत्यारोपण गरिएकाे थियाे। भान्जी समीक्षा संग्रौलाको मिर्गौला प्रधानमन्त्री ओलीलाई प्रत्यारोपण गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।