काठमाडौं– नवनियुक्त नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्। क्वात्राले शुक्रबार कोटेश्वरस्थित नेपाल निवासमा गएर भेटघाट गरेका हुन्।
नेकपाका विदेश विभाग प्रमुखसमेत रहेका नेता नेपाल र भारतीय राजदूतबीच दुई देशको आपसी हित र सम्बन्धबारे कुराकानी भएको नेता नेपालको निजी सचिवालयले जनाएको छ।
भेटमा वरिष्ठ नेता नेपालले नवनियुक्त राजदूत क्वात्रालाई कार्यकाल सफलताको शुभकामना दिएका थिए भने राजदूत क्वात्राले वरिष्ठ नेता नेपाललाई जन्मदिनको शुभकामना दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।