काठमाडौं- कोभिड-१९ (कोरोना भाइरस) को संक्रमणका बारेमा नकारात्मक र तथ्यहीन समाचार सम्प्रेषण नगर्न प्रेस काउन्सिल नेपालले सचेत गराएको छ। बिहीबार काउन्सिलले एक सूचना जारी गर्दै यस्तो परिस्थितिमा संयमित भएर जिम्मेवारीबोधको ख्याल गरी समाचार सम्प्रेषण गर्न सबैमा आग्रह गरेको हो।
काउन्सिलले नेपाल पत्रकार आचारसंहिताको व्यवस्था आकर्षित हुने समेत उसले चेतावनी दिएको छन्।
‘पत्रकार तथा सञ्चारमाध्यमले व्यक्तिको स्वास्थ्य‚ महामारीलगायत जनस्वास्थ्यसँग सरोकार रहने विषयसम्बन्धी सामाग्री पाठक‚ श्रोता वा दर्शकमा उत्तेजना वा निराशा उत्पन्न हुनेगरी अतिरञ्जित तवरमा कोही‚ कसैका बारेमा पनि सम्प्रेषण गर्नुहुँदैन’ भन्ने प्रावधानतर्फ ध्यान दिन सबै काउन्सिलले सबै मिडियाकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।