काठमाडौ- जिल्ला अदालत काठमाडौंले समता अस्पतालका सञ्चालक उत्तम सञ्जेलकी श्रीमतीसहित तीन जनालाई आत्महत्या दुरूत्सान मुद्दामा सफाइ दिने फैसला सुनाएको छ।
न्यायाधीश कमलप्रसाद पोखरेलको इजलाशले तीन जनालाई सफाइ दिने फैसला बुधबार सुनाएको जिल्ला अदालतका श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए।
अस्पतालमा आत्महत्या गरेकी एक कामदारको मुद्दामा उनीहरुको संलग्नता पुष्टि हुन नसकेको भन्दै जिल्ला अदालतले सफाइ दिएको हो।
प्रतिवादी रहेका उत्तम सञ्जेलकी श्रीमती कला सञ्जेल, तिर्थकुमारी गुरूङ र संगीता केसी तीनै जनाले उक्त मुद्दामा निर्दोष ठहर भएका छन्। गत असारमा समता अस्पताल बौद्धमा कार्यरत रामेछाप दोरम्बाकी २७ वर्षीया बिमला तामाङले अस्पतालभित्र पासो लगाएर आत्महत्या गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।