काठमाडौं–जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोराना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन भीडभाडमा नजान आग्रह गरेको छ।
सार्वजनिक सूचना जारी गर्दै प्रशासनले भेला,सम्मेलन नगर्नसमेत सूचित गरेको छ। काठमाडौं जिल्लामा अर्को निर्णय नभएसम्मका लागि मेला,उत्सव नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
नेपाल कोराना भाईरसको उच्च जोखिम रहेको विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको प्रष्टाउँदै प्रशासनले कार्यक्रम नगर्न र कार्यक्रममा सहभागी नहुन सूचित गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।