काठमाडौं–मिस वर्ल्ड २०१९’ टोनी एन सिंह नेपाल आइपुगेकी छिन्। तीन दिने भ्रमणका लागि उनी बिहीबार बिहान काठमाडौं अवतरण गरेकी हुन्। उनलाई मिस नेपाल २०१९ अनुस्का श्रेष्ठ लगायतले स्वागत गरे।
उनी सिन्धुपाल्चोकदेखि मकवानपुरसम्मको यात्रामा जाने छिन्। टोनी शुक्रबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा निर्माणाधीन हिमालयन ग्रेट ट्रेल अवलोकनका लागि पुग्नेछिन्।
टोनीले हेलम्बुकै सुर्सिङमा रहेको मिस नेपाल अनुस्काको प्रोजेक्टसमेत अवलोकन गर्नेछिन्। त्यस्तै अघिल्लो वर्षकी मिस नेपाल श्रृखंला खतिवडाको प्रोजेक्ट अवलोकलन गर्न मकवानपुर पनि जाने कार्यक्रम रहेको छ।
हिडन ट्रिजर तथा पर्यटन मन्त्रालयसँगको समन्वयमा जमैकाकी टोनी नेपाल आएकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।