काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले पदबहाली गर्दा गरेको पहिलो निर्णय कार्यान्वयनका लागि ताकेता गरेकी छन्।
मौलिक हकसँग जोडिएका १६ वटा ऐनअन्तर्गत बन्नुपर्ने नियमावली निर्माणलाई तिव्रता दिन मन्त्री तुम्बाहाङ्फेले निर्देशन दिएकी हुन्। सरोकारवाला मन्त्रालयका सचिवहरुलाई निर्देशन दिँदै उनले नियमावली निर्माण गरेर ऐन कार्यान्वयनमा सक्रियता देखाउन निर्देशन दिइन्।
फागुन ५ गते पदबहाली गर्दा तुम्बाहाङ्फेले मौलिक हकसँग जोडिएका १६ वटा ऐन अन्तर्गत बन्नुपर्ने नियमावली २०७६ चैत मसान्तभित्र जारी गर्ने निर्णयलाई सदर गरेकी थिइन्।
मन्त्रालयका अनुसार हालसम्म ऐन अन्तर्गतका ४ वटा नियमावली जारी भएका छन् भने २ वटा विषयका नियमावलीको मस्यौदा सहमति दिई सम्बन्धित मन्त्रालयमा पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।