काठमाडौं- रक्षामन्त्री इश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापा अनुपस्थित भएपछि नेपाली सेनाभित्रको भ्रष्टाचारबारे छलफल गर्न आज बोलाइएको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक नै स्थगित भएको छ।
बैठकमा अधिकांश सांसदले रक्षामन्त्री र प्रधानसेनापति अनुपस्थित भएको भन्दै आपत्ति जनाएका थिए।
नेपाली सेनामा भ्रष्टाचार भएको भन्दै उजुरी परेपछि समितिले एक कार्यदल बनाइ आठ महिना लगाएर प्रतिवेदन तयार पारेको थियो। उक्त प्रतिवेदनले पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीमाथि अनुसन्धान गर्न माग गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।