काठमाडौं– गोरखाको मान्वुमा गएराति जिप दुर्घटना हुँदा एकजनाको मृत्यु हुनाको साथै ७ जना घाइते भएका छन्।
दुर्घटनामा धार्चे गाउँपालिका ६ का वडासचिव किरण रिमालको मृत्यु भएको हो। उनको घर लमजुङ रहेको प्रहरीले जनाएको छ। धार्चेको काशीगाउँमा बिहीबार हुने एक कार्यक्रममा सहभागी हुन जाँदै गर्दा मान्वुको धोरतमा उनीहरु चढेको ग १ ज ५५०५ नम्बरको जिप दुर्घटना भएको हो। घाइते हुनेमा धार्चे गाउँपालिकाकी उपाध्यक्ष फूलमाया गुरुङसमेत रहेको जनाइएको छ।
घाइतेहरुलाई हेलिकोप्टरमार्फत् काठमाडौं लैजाने तयारी भइरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।