• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

चिकित्सकलाई नर्भस बनाएको त्यो ३९ मिनेट

कमला गुरुङ बुधबार, फागुन २१, २०७६  २२:५३
1140x725
प्रधानमन्त्रीमा मिर्गौला प्रत्यारोपण सफल भएपछि झ्यालबाट अस्पताल परिसरका शुभेच्छुकहरूको तस्बिर लिँदै शल्यक्रियामा खटिएका चिकित्सक।

काठमाडौं- बुधबार बिहान १० बजे। त्रिवि शिक्षण अस्पतालका ट्रान्सप्लान्ट सर्जन प्राडा प्रेम ज्ञवाली प्रत्यारोपणमा संलग्न १६ जना चिकित्सक, नर्स र प्राविधिक जनशक्ति लिएर शल्यक्रिया कक्षमा प्रवेश गरे।उनी परीक्षा दिन तयार विद्यार्थीझै सचेत अनि हल्का तनावमा देखिन्थे। त्यो कक्षभित्र उनी पहिलो पटक प्रवेश गरेका थिएनन्। धेरै पटक प्रवेश गरेर उत्तीण भएका थिए त्यही कक्षमा परीक्षा दिएर। तर बुधबारको अवस्था अलि भिन्न थियो। त्यो कक्षभित्र उनी र उनको समूहको सिप, कौशल र आत्मविश्वासको पुनः परीक्षा हुँदै थियो। परीक्षक थिए, नेपाली जनता।

प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्दै शुभेच्छुकहरु। 

मंगलबार मध्यरात चिकित्सक लक्ष्मण रिजालले ट्विट गरेर आफ्नो अनुभव बाँडेका थिए ट्विटरमा, ‘बिरामी सबै समान हुन् र इलाजको प्रक्रिया पद्धति एकै हुने गर्छ सबैलाई। सर्जन भएकै नाताले एउटा अनुभव यता बाड्छु ल! भिआइपी, नजिकका या धेरै तिरबाट फोन घुमाइएका बिरामी अपरेसन भोलि गर्नुछ भने एक रात पहिले सर्जनको निन्द्रा २-४ पटक खुल्छ खुल्छ। हल्का तनाव हुन्छ हुन्छ।’

ज्ञवालीको टिमको जिम्मामा थियो, प्रधानमन्त्री केपी शर्मा ओलीको जीवन। दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि सोमबार बेलुका ५ बजेतिर अस्पताल पुग्दा प्रधानमन्त्री ओली जोशिला थिए। तर उमेर र शल्यक्रियाको जोखिमलाई चिर्न उनको उत्साह मात्र पक्कै काफी थिएन नै। चिकित्सक टोलीको कुशल क्षमता पनि उत्तिकै महत्वपूर्ण हुने नै भयो। 

चिकित्सक रिजालले ट्विटरमा बाँडेको अनुभव सत्य हो भने मंगलबार बेलुका पक्कै ज्ञवालीको पनि २-४ पटक निन्द्रा त खुल्यो होला नै। 

०००

प्रधानमन्त्री ओलीलाई अस्पतालको शल्यकक्षभित्र लगेदेखि नै अब के होला भन्ने जिज्ञासा बढिरहेको थियो। शिक्षण अस्पताल परिसरमा उपस्थित शुभचिन्तक र जिज्ञासुसँगै अस्पताल परिसर पुग्न नसकेका सबै नेपाली आफ्नो प्रधानमन्त्रीको शल्यक्रियाको सुखद् सूचनाको प्रतीक्षा गर्ने नै भए।

प्रधानमन्त्री ओलीमा मिर्गौला प्रत्यारोपण चलिरहेका बेला त्रिवि शिक्षण अस्पताल परिसरमा भेला भएका पत्रकार तथा शुभेच्छुकहरू। 

मन्त्री, नेता, सासंद् पनि आइरहेका थिए, अस्पतालमा। उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, भूमिसुधार मन्त्री पद्मा अर्याल, नेकपा महासचिव विष्णु पौडेल, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ, सुवास नेम्बाङ लगायत अस्पताल पुुुगेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

अस्पताल परिसरमा भेला भएकाहरुले ‘गेट वेल सुन पिएम’ लेखेको ब्यानर झुन्ड्याएका थिए। हात–हातमा पम्पलेट थियो। मुहारमा हल्का चिन्ता देख्न सकिन्थ्यो।

०००

शल्यक्रियाको प्रगतिबारे आधिकारिक रूपमा सूचना जारी गर्ने संयन्त्र सक्रिय भइसकेको थिएन। तैपनि सूचना आइरहेका थिए, ‘शल्यक्रिया शुरु’, ‘दाता समीक्षाबाट मिर्गौला झिकियो’, ‘प्रधानमन्त्रीको शरीरमा नयाँ मिर्गौला राखियो’, ‘समीक्षाको अवस्था सामान्य।’

शल्यक्रिया शुरु हुनुभन्दा अगाडि नै प्रधानमन्त्रीको शरीरमा उनकी भाञ्जी ३२ वर्षीया समीक्षाको मिर्गौलालाई बास दिन पाँच घन्टा जति लाग्ने भनिएको थियो। समय जति नजिकिँदै थियो, जिज्ञासा त्यत्ति बढ्दै थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

शल्यक्रिया कक्षमा छिरेको झन्डै ५ घन्टापछि चिकित्सक टोली दिउँसो २: ४५ मा सो कक्षबाट बाहिरिए। शल्यक्रिया कक्षमा खटिएका चिकित्सक अस्पतालको झ्यालमा आए र मुस्कानका साथ अस्पताल परिसरमा भेला भएकाहरूतिर फर्किएर हात हल्लाए। 

प्रधानमन्त्रीमा मिर्गौला प्रत्यारोपण सफल भएपछि हात हल्लाउँदै शल्यक्रिया गरेका चिकित्सकहरू। 

उनीहरुले बोलेका थिएनन्। तर हातको इशाराले नै बतायो, ‘प्रत्यारोपण सफल भो।’ हसिलो मुहार लिएर शल्यकक्षबाट बाहिरिएका डा ज्ञवाली भेटिए। उनले नेपाल लाइभसँग खुसी साट्दै भने, ‘निकै खुसी लागिरहेको छ।’

०००

१२ वर्ष अगाडि भारतीय अस्पतालमा प्रत्यारोपण गरेको मिर्गौलाले काम गर्न छाडेपछि डायलाइसिस गरेर बसेका प्रधानमन्त्री ओलीले एकाएक आइतबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने घोषणा गरेका थिए।

प्रत्यारोपणको तयारीबारे पटकपटक सूचना आइरहेकै हुन्। प्रत्यारोपणका लागि कहिले सिंगापुरमा जाने सूचना आयो, कहिले अमेरिका। चीन र भारतको कुरा पनि मिसिए बेलाबखत।

आइतबार उनले घोषणा गरेको स्थल थियो त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज। दोस्रो पटक मिर्गौला प्रत्यारोपणमा सफलताको मापन उच्च छ। दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्नेमा प्रधानमन्त्री ओली नवौं थिए। यसभन्दा अगाडिका ८ शल्यक्रिया सफल भएको थियो। 

त्यसैले टिम प्रधानमन्त्रीमा दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि तयार थियो। तर हल्का प्रेसरका साथ।  

०००

शल्यक्रिया कक्षमा चिकित्सक, सहयोगी र प्राविधिको टोली २ समूहमा बाँडिएको थियो। शल्यचिकित्सा टोलीमा डा उत्तमकुमार शर्मा, डा प्रेम ज्ञवाली, भारतीय चिकित्सक डा अनन्तकुमार थिए भने प्रत्यारोपण चिकित्सा टोलीमा डा दिव्यासिंह शाह, महेश सिग्देल, डा मुकुन्द काफ्ले र डा रविन नेपालीलगायतको टोली सहभागी थिए। यस्तै, एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा अनिल श्रेष्ठ र डा सुवास आचार्यलगायतको टोली सहभागी थियो।

एक टोली दाताको मिर्गौला झिक्न खटिएको थियो। अर्को टोली दाताबाट झिकिएको मिर्गौला प्रधानमन्त्री ओलीमा प्रत्यारोपण गर्न खटिएको थियो। पहिलो टोलीले दाता समीक्षाबाट ल्याप्रोस्कोपिक विधीबाट मिर्गौला झिकेको थियो। यो विधि अपनाउँदा धेरै घाउँ लाग्दैन।

समीक्षाको बाँयातर्फको मिर्गौला झिकेपनि तत्काल प्रत्यारोपण गरिएन।

दाताको शरीरबाट निकालिएको मिर्गौला सिधै लिने व्यक्तिमा शरीरमा राखिँदैन। पहिला झिकेको मिर्गौलालाई स्लाइनले आइसमा डुबाउँदै सफा गरिन्छ। मिर्गौलामा भएको रगत र फ्याट सफा गर्नुपर्छ। त्यसपछि मात्र लिने व्यक्तिको शरीरमा राखिन्छ। उपचारमा खटिएका एक चिकित्सकका अनुसार प्रधानमन्त्रीमा मिर्गौलाको प्रत्यारोपणमा पनि यही विधि अपनाइएको थियो। 

प्रत्यारोपणमा खटिएको अर्को टोली सक्रिय भयो। उनीहरूले प्रधानमन्त्रीको बाँयातिर नयाँ मिर्गौला राखे। नसाहरू जोड्न ३९ मिनेट लाग्यो। सबै प्रक्रिया पूरा गर्न सवा चार घण्टा लाग्यो। प्रत्यारोपणको प्रक्रिया करिब पौने तीन बजेतिर सम्पन्न भयो। नयाँ मिर्गौलाले काम शुरु गर्दै पाँच सय एमएल पिसाब निकालिएपछि चिकित्सक टोली खुसी हुँदै शल्यक्रिया कक्षबाट बाहिरिएको थियो। 

समीक्षा सामान्य, प्रधानमन्त्री स्थिर
समीक्षाको शरीरबाट मिर्गौला निकालिसकेपछि आवश्यक उपचार प्रक्रिया अगाडि बढाउँदै उनलाई शल्यकक्षबाट बाहिर ल्याइएको थियो। दाताको शरीरबाट निकालेको मिर्गौला लिने व्यक्तिमा प्रत्यारोपण गर्न एकदेखि डेढ घन्टाको समय लाग्छ।

समीक्षालाई बाहिर ल्याउँदा प्रधानमन्त्रीको शरीरमा मिर्गौला प्रत्यारोपण भइरहेको थियो। मिर्गौलाको सफल प्रत्यारोपण भइसकेपछि मात्र प्रधानमन्त्रीलाई शल्यकक्षबाट बाहिर ल्याइयो। मिर्गौला प्रत्यारोपण सफल भएपछि प्रधानमन्त्री ओली र समीक्षालाई शल्यकक्षबाट पोस्ट अपरेटिभ वार्डमा सारिएको थियो।

 

अस्पतालका निर्देशक प्रेमकुमार खड्काले निकालेको विज्ञप्तिअनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति स्थिर छ। दाता समीक्षाको अवस्था सामान्य छ। प्रधानमन्त्रीको स्वास्थ्यका मुख्य सूचक राम्रो अवस्थामा रहेको र प्रत्यारोपित मिर्गौलाले पनि काम गर्न सुरु गरिसकेको डा खड्काले बताए। 

अब यो बीचमा कुनै जटिलता नआए प्रधानमन्त्री ओली एक साताभित्र अस्पलतालबाट प्रधानमन्त्री निवास बालुवाटार जानेछन् उस्तै उत्साहका साथ, हात हल्लाउँदै।

मिर्गौला प्रत्यारोपण शल्यचिकित्सा टोलीका सदस्यहरू
प्रा.डा. उत्तम कुमार शर्मा, प्रा.डा. प्रेम ज्ञवाली, प्रा.डा अनन्त कुमार, डा. पवनराज चालिसे, डा. सुमन चापागाई, डा. सुजित पौडेल।

मिर्गौला प्रत्यारोपण चिकित्सा टोलीका सदस्यहरू
प्रा.डा. दिव्यासिंह शाह, डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले, डा. मिधन श्रेष्ठ, डा. रविन नेपाली, डा. सन्तोष क्षेत्री। 

एनेस्थेसिया तथा क्रिटिकल केयर टोलीका सदस्यहरू
डा. अनिल श्रेष्ठ, प्रा.डा. सुवास आचार्य, डा. अमित शर्मा भट्टराई र डा. बिगेन मान शाक्य।

प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६  २२:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
रायो साग खेतीबाट दुई महिनामै साढे दुई लाख आम्दानी !
बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध
केनले जिते बालोन डी’ओर
सम्बन्धित सामग्री
बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको अवरोधको पछिल्लो विवरण सार्वजनिक गरेको छ । आज बिहान ६ः३० बजेसम्मको तथ्याङ्... मंगलबार, कात्तिक १०, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह प्राधिकरणका अनुसार कात्तिक १३ गते शुक्रबार र १४ गते शनिबार कोसी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा चक्रवातको प्रभाव बढी पर्ने... सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सम्मेलनमा सहभागी हुने भूतपूर्व सैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहेका व्यक्तिलाई भ्रमण भत्ता, विभिन्न सामग्री, कर्जा सहायता तथा सम्... सोमबार, कात्तिक ९, २०८३
ताजा समाचारसबै
रायो साग खेतीबाट दुई महिनामै साढे दुई लाख आम्दानी ! मंगलबार, कात्तिक १०, २०८३
बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध मंगलबार, कात्तिक १०, २०८३
केनले जिते बालोन डी’ओर मंगलबार, कात्तिक १०, २०८३
आजको लागि तोकियो विदेशी मुद्राको विनिमयदर मंगलबार, कात्तिक १०, २०८३
विराटनगर–चितवन र जनकपुर–कर्णाली भिड्दै मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो: नेपालमा महँगी बढ्ने जोखिम सोमबार, कात्तिक ९, २०८३
प्रधानमन्त्री बालेन्द्र शाह एनपीएल उद्घाटनमा सहभागी हुने सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्