काठमाडौं- कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै काठमाडौं जिल्ला जिल्ला प्रशासन कार्यालयले होलीलगायतका पर्वमा भेला नहुन आग्रह गरेको छ।
बुधबार प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले विभिन्न उत्सव‚ मेला तथा होली र त्यस्ता सभा सम्मेलन तथा कार्यक्रममा सहभागी नहुन आग्रह गर्ने निर्णय गरेको हो।
केही दिनअघिमात्र विश्व स्वास्थ्य संगठनले नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको जनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।