काठमाडौं- न्युनतम पारिश्रमिक नदिने सञ्चारगृहलाई कारबाही गर्न माग गर्दै नेपाल पत्रकार महासंघले सूचना तथा प्रशारण विभागलाई एकहप्ते अल्टिमेटम दिएको छ। महासंघअन्तर्गतको श्रमजीवी हित प्रवर्द्धन समितिका संयोजक रामप्रसाद दाहालको नेतृत्वमा गएको टोलीले विभागका महाप्रबन्धक लेखनाथ शर्मालाई लिखित अल्टिमेटम दिएको हो।
टोलीले पटक-पटकको ध्यानाकर्षणलाई बेवास्था गरे चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिएको संयोजक दाहालले जानकारी दिए। टोलीसँग शर्माले ऐनअनुसार सेवा सुविधा नदिने सञ्चारमाध्यमलाई ध्यानाकर्षण गराउने प्रतिवद्धता व्यक्त गरेको समितिका सह-संयोजक जन्मदेव जैसीले बताए। टोलीमा केन्द्रीय सदस्य यम विरही र महासंघ उपत्यका अध्यक्ष एनके दाहाललगायतका महासंघका पदाधिकारी सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।