काठमाडौं- नेकपाका प्रदेश सभा सदस्य अक्कलबहादुर रावल बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडीकी एक महिलालाई बलात्कार प्रयास गरेकाे आराेपमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले बुधबार पक्राउ गरेकाे हाे।
पीडित महिलाले सांसद रावलविरुद्ध एक हप्ताअघि सुदूरपश्चिम प्रदेश सभाका सदस्य रावलविरुद्ध उजुरी दिएकी थिइन्।
सोही उजुरीका आधारमा रावललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी दक्षकुमार बस्नेतले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।