काठमाडौं- विश्वव्यापी रुपमा फैलँदै गरेको कारोना भाइरस (कोभिन-१९) को असर सुरक्षा निकायमा पनि देखिन थालेको छ। भाइरस संक्रमण हुने डरले नेपाल प्रहरीले फागुन २३ र २४ गते सुदूरपश्चिम प्रदेशको धनगढीमा तय भएको सुरक्षा गोष्ठी समेत स्थगित गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी शैलेश थापा क्षेत्रीले जानकारी दिए।
प्रहरी प्रधान कार्यालयले हरेक प्रदेशमा बेला बेलामा सुरक्षासम्बन्धी गोष्ठी गर्दै आएको छ। यसमा अहिले देखिएका विद्यमान सुरक्षा चुनौती, भविष्यमा आउने सक्ने सुरक्षा चुनौती र प्रहरीले बनाउनुपर्ने रणनीतिका बारेमा छलफल हुँदै आएको छ। सोहीअनुसार गर्न लागिएको सुदूरपश्चिम प्रदेशको गोष्ठी स्थगित भएको हो।
त्यसैगरी सकेसम्म मास्क लगाएर ड्युटी गर्न पनि प्रहरी प्रधान कार्यालयले मातहतका कार्यालयलाई निर्देशन दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।