काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौला ज्ञवालीको शल्यक्रिया सकिएको छ। उनको शरीरबाट निकालिएको मिर्गौला प्रधानमन्त्री केपी शर्मा ओलीमा प्रत्यारोपण गर्ने काम भइरहेको छ।
समीक्षाको शरीरबाट निकालिएको मिर्गौला प्रधानमन्त्री ओलीको शरीरमा प्रत्यारोपण गर्न अझै एक घन्टा जति समय लाग्ने डा अरुण सायमीले जानकारी दिए।
‘दाताबाट मिर्गौला निकाल्ने काम सफल भइसकेको छ,’ उनले भने, ‘निकालिएको उक्त मिर्गौलालाई आवश्यक प्रक्रियाअनुसार प्रधानमन्त्रीको शरीरमा प्रत्यारोपण गर्ने काम भइरहेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।