• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

‘मिर्गौलाका विषयमा एक-एक ज्ञान छ ओलीलाई’

64x64
डिबी खड्का बुधबार, फागुन २१, २०७६  १४:१२
1140x725

काठमाडौं-शिक्षण अस्पताल, महाराजगञ्जमा प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण चलिरहेको छ। शुभचिन्तक र आफन्तहरू सफल प्रत्यारोपणको कामना गरिरहेका छन्। कोही अस्पताल परिसरमै प्लेकार्डसहित बसिरहेका छन्। कसैले फ्लेक्स बोर्डमा लेखेका छन् र कोही अस्पताल परिसरकै मन्दिरमा पूजाआजा गरिरहेका छन्। 

तीमध्ये अतिनिकटस्थहरूमा भने प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल हुने आत्मविश्वास बढी देखिन्छ। किनभने उनीहरूलाई प्रधानमन्त्री ओलीले नै आत्मविश्वास दिलाएर अप्रेसन थिएटर पसेका हुन्। 

अप्रेसन सुन्नेबित्तिकै हरेक बिरामीको शरीरमा काँडा उम्रिन्छ । त्यसैले सामान्यतया बिरामी  आत्तिन्छन् र आफन्तहरूले सम्झाउनुपर्छ अप्रेसनअघि। निश्चिन्त बनाउनुपर्छ, केही पनि हुँदैन भनेर आफन्तले बिरामीलाई।

तर, प्रधानमन्त्री ओलीले निकटस्थहरूलाई उल्टै सम्झाएका छन्, केही पनि हुँदैन भनेर। पूरापूर आत्मबल बोकेर गएका छन् अप्रेसन थिएटरतर्फ। अप्रेसन थिएटरमा जानुअघि भेटेका प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल भन्दै थिए, ‘उहाँलाई मिर्गौला प्रत्यारोपण, यससँग जोडिएका जोखिम र त्यसपछि झेल्नुपर्ने समस्या सवै थाहा छ।’ त्यसैले आफू निश्चिन्त बनेर उनले आफन्तलाई पनि आत्मबल दिएका हुन्। 

लामो समयदेखि मिर्गौलाको समस्या झेलिरहेका प्रधानमन्त्री ओलीलाई त्यतिमात्रै होइन, ‘मिर्गौला इतिवृत्त’ ज्ञान छ। इतिवृत्त भन्नाले मिर्गौला रोग, यसले पार्ने समस्या र प्रत्यारोपणमात्रै होइन, विश्व चिकित्साले यसमा गरेका पछिल्ला खोजहरूसम्म। कृत्रिम मिर्गौला बनाउने बैज्ञानिकहरूको खोज कहाँ पुग्यो? मिर्गौलाको जस्तै काम गर्ने उपकरण बनाउने विषयमा कुन हदसम्मको सफलता हासिल भयो? आदि इत्यादिको ज्ञानसमेत छ उनलाई।  जुन कुरा उनी निकटस्थहरूलाई सुनाइरहन्छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले मिर्गौलाका विषयमा धेरै कुरा प्रधानमन्त्री ओलीको मुखबाट सुनेका छन्। उनी भन्छन्, ‘हामीलाई यस्तो परेको भए यति धेरै थाहा हुँदैनथ्यो होला। हरेक कुरालाई मिहीन ढंगले बुझ्न खोज्ने उहाँको बानी छ। मिर्गौलाका विषयमा पनि सानोभन्दा सानो कुरा जानकारी उहाँले राख्नुभएको छ।’

यही ज्ञानका आडमा आफ्नो मिर्गौला प्रत्यारोपण सफल हुने आत्मविश्वास जुटाएका हुन् र आफन्तलाई समेत निश्चिन्त बनाएका हुन्। उनको आत्मविश्वासमा परिस्थितले समेत साथ दिइरहेको अप्रेसन पछिको उपचारका लागि तयार एक चिकित्सक बताउँदै थिए। उनी भन्दै थिए, ‘मिर्गौला प्रत्यारोपणका लागि दाता र प्राप्तकर्ताबीच गरिने जाँचहरूको नतिजा राम्रो आयो। एचएलए टेस्ट पनि राम्रो भएको कुरा गर्दै हुनुहुन्थ्यो अप्रेसनमा संलग्न डाक्टरहरू।’

डाक्टरहरूले पनि प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा जटिलता नआउने आश्वासन निकटस्थलाई दिएका छन्। केही समयअघि शिक्षण अस्पताल परिसरकै मनमोहन सेन्टरमा एपेन्डिसाइटिसको अप्रेसन भएको थियो। आफन्तलाई सम्झाउने क्रममा चिकित्सकले यसलाई उदाहरणका रुपमा अघि सारेर भनेका छन्, ‘त्यसको तुलनामा यो सामान्य शल्यक्रिया हो। उहाँको आत्मबलले पनि हामीलाई हौसला मिलेको छ।’ प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रिमाल त्यो समयको अप्रेसन आकस्मिक भएकाले पनि जोखिमपूर्ण रहेको बताउँछन्। मिर्गौला प्रत्यारोपण प्रक्रियामा भने आउन सक्ने जोखिम चिकित्सकलाई पहिल्यै थाहा हुन्छ र त्यो अनुसारको योजना तय गरिसकिएको हुन्छ। 

त्रिवि शिक्षण अस्पतालमा नेताको पहिलोमात्रै होइन, धेरैको मिर्गौला प्रत्यारोपण गरिसकिएको छ। त्यसैमाथि दोहो¥याएर गरेको सबै प्रत्यारोपण सफल भएको रेकर्ड अस्पतालसँग छ र सफल तुल्याएको अनुभव चिकित्सकसँग। समग्र मिर्गौला प्रत्यारोपणकै तथ्यांक केलाउने हो भनेपनि सफलताको दर उच्च छ। हालसम्म गरिएका प्रत्यारोपणमध्ये  ९८.७ प्रतिशत सफल भएका छन्।

ओलीलाई चार दशकदेखि रोगले थल्याउन खोजिरहेको छ, उनले अस्पताल जानुअघि दिएको भिडियो सन्देशमा भनेजस्तै। उनी आत्मविश्वासको हतियारले त्यसलाई परास्त गरिरहेका छन्। संविधानसभा अध्यक्ष सुवास नेम्वाङले ओलीको स्वास्थ्यका विषयमा अनुभव बाँड्दै केही समयअघि भनेका थिए, ‘मैले पहिलोपटक भेट्दा उहाँलाई कब्जियत थियो। अरु उपाय थिएन पिपलमेट चकलेट खाइरहनुहुन्थ्यो।’ 

जेल बस्दा उनी टीबी रोगले ग्रस्त थिए। ओलीसँगै ९ वर्ष जेल जीवन बिताएका राधाकृष्ण मैनालीले आफ्नो पुस्तकमा उनले दृढ आत्मबलका कारण टिबी जितेको उल्लेख गरेका छन्। २०६० सालपछि उनलाई मिर्गौला रोगले सतायो। २०६४ सालमा उनले भारतको अपोलो अस्पताल पुगेर मिर्गौला प्रत्यारोपण गरे। यो बीचमा पनि उनलाई अरु विभिन्न समस्याले सतायो।

प्रत्यारोपित मिर्गौलासमेत काम नलाग्ने भएपछि यतिबेला उनी शिक्षण अस्पतालको अप्रेसन थिएटरमा नयाँ मिर्गौला फेरिरहेका छन्। प्रत्यारोपण सफल होस्, शिघ्र स्वास्थ्य लाभको कामना प्रधानमन्त्रीज्यू।
 

प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६  १४:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
शाही भन्छन्, ‘मान्छेहरू जिउँदै छन्, सुरुङभित्र छन् भन्दा गाली गरियो’ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र रहेका व्यक्तिको उद्... शुक्रबार, भदौ १९, २०८३
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावितको अवस्था, अस्थायी तथा स्थायी... शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री भन्छन्– विपत्तिमा धैर्यको परीक्षा हुन्छ प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। शुक्रबार, भदौ १९, २०८३
ताजा समाचारसबै
रसुवा र नुवाकोटमा आकस्मिक बाढीको उच्च जोखिम, उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्क रहन आग्रह शुक्रबार, भदौ १९, २०८३
१० मिनेटमा बदलिएको लामुसोती शुक्रबार, भदौ १९, २०८३
शाही भन्छन्, ‘मान्छेहरू जिउँदै छन्, सुरुङभित्र छन् भन्दा गाली गरियो’ शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट अर्का व्यक्तिको पनि जीवित उद्धार शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार गरियो शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्