काठमाडौं- नेपालको लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालिले विगतका वर्षझैं यस वर्ष पनि हुन्डाई ओपन गल्फ टुर्नामेन्ट २०२० आयोजना गर्ने भएको छ। उक्त टुर्नामेन्ट ग्लिनेगल्स डिजाइनको गोकर्ण गल्फ क्लबमा आगामी शुक्रबार र शनिबार हुने भएको छ।
उक्त ओपेन गल्फ टुर्नामेन्ट १८ होलमा स्टेबल फोल्ड फर्म्याटमा र तीनचौथाइ ह्यान्डी क्यापमा खेलिने छ। यस टुर्नामेन्टमा नेपालका १ सय ३० गल्फर्सहरुले प्रतिस्पर्धा गर्नेछन्।
यस टुर्नामेन्टमा टाइटल विजेता (नेट), फस्ट रनरअप, सेकेन्ड रनरअप, वेस्ट ग्रस, लेडिज विजेता, सिनियर विजेता (६० वर्षमाथि), जुनियर विजेता (१७ वर्ष मुनि), हुन्डाई ओनर्स क्याटागोरी, लङगेस्ट ड्राइभ, क्लोजेस्ट टु द पिनलगायत वर्गमा विजेता घोषित गरिने छ। यसको साथै होल इन वान विजेतालाई उपहार स्वरूप एक थान हुन्डाई ग्रान्ड आइटेन (मग्ना) गाडी प्रदान गर्ने घोषणा गरिएको छ।
हुन्डाईले विश्वभर नै गल्फ खेलको विकास र प्रवद्र्धन गर्ने हेतुले विभिन्न गल्फ टुर्नामेन्ट प्रायोजन गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।