• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

अभियुक्तलाई छुटाइदिन्छु भन्ने वकिल नै थुनामा परेपछि...

64x64
दुर्गा दुलाल मंगलबार, फागुन २०, २०७६  १६:२६
1140x725

काठमाडौ-अदालतले मागेको धरौटी बुझाउन नसकेपछि थुनामा रहेका अभियुक्तलाई छुटाउन सेटिङका लागि घुस लिएको आरोप लागेका एक वकिल आफैं थुनामा पुगेका छन्। जिल्ला अदालत काठमाडौले धरौटी मागेर बुझाउन नसकेपछि थुनामा गएका अभियुक्तलाई छुटाउन प्रयास गरेका कानुन व्यवसायी सोही अदालतको आदेशअनुसार थुनामा पुगेका हुन्। 

यसरी रकम असुल गर्ने अधिवक्ता टंकबहादुर राना मगरलाई जिल्ला अदालत काठमाडौले थुनामा पठाएको हो। जिल्ला अदालतले मागेको धरौटी बुझाउन नसकेपछि राना सोमबार पुर्पक्षका लागि थुनामा गएका हुन् । 

राजश्व चुहावट मुद्दामा धरौटी बुझाउन नसकेर थुनामा रहेका एक प्रतिवादीलाई कानुन व्यवसायी रानाले ‘सेटिङ मिलाएर’ छुटाइदिन्छु भन्दै ४२ लाख रुपैयाँ लिएका  थिए। रकम लिएर पनि धरौटी छुटाउन नसकेपछि पीडित पक्षले ठगीको उजुरी दर्ता गरेका थिए। उक्त उजुरीमा सुनुवाइ गर्दै जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलाशले रानासँग १२ लाख धरौटी माग गरेको थियो। 

जनन्यायिक कानुनी सेवा नामक कानुन परामर्श केन्द्रका सञ्चालकसमेत रहेका रानामगरले राजश्व छलिको अभियोगमा थुनामा रहेका रमेश दाहाललाई छुटाइदिन्छु भन्दै ४२ लाख रुपैयाँ लिएका थिए। 

अभियुक्तका परिवारले दिएको उजुरीका आधारमा महानगरीय अपराध महाशाखाले रानामगरलाई पक्राउ गरेको  थियो।

जिल्ला अदालतले दाहालसँग सुरुमा ५ करोड धरौटी माग गरेको थियो। राजश्व चुहावट मुद्दामा जिल्ला अदालत काठमाडौले मागेको धरौटी बुझाउन नसकेपछि उनी त्यसविरुद्ध उच्च अदालत पाटन पुगेका थिए। पाटनले धरौटी घटाएर २ करोड २५ लाख माग गरेको थियो। उक्त रकम पनि बुझाउन नसकेपछि उनी पुर्पक्षका लागि नख्खु कारगार चलान भएका थिए।  
थुनामा गएपछि अधिवक्ता राना र विनुता लिम्वुसँग गरि ४२ लाख लिएको कागज गरेका थिए। रानाले बहस गरेवापत नभई सेटिङ गरेर धरौटीमा छुटाउने भन्दै उक्त रकम लिएर कागज गरे पनि धरौटीमा छुटाउन नसकेपछि दाहालका पिताले ठगीको जाहेरी दिएका थिए। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २७ मंसिर २०७५ मा राजश्व छलि गरेको गरेको अभियोगमा रमेश दाहालसहित ४ जनालाई पक्राउ गरेको थियो।

सीआईबीको अनुसन्धानबाट रमेशसहितका दिनेश शिवाकोटी, जयनारायण श्रेष्ठ, रमेश दाहाल र शरद रिजालसहितका व्यक्तिले भेट्टाएको नागरिकताका आधारमा कम्पनी दर्ता गरी ६८ करोड रुपैयाँ बराबरको कर छलि गरेको पाइएको थियो। राजश्व अनुसन्धानले उनीहरु विरुद्ध सोही बराबर विगो दाबी गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।  उक्त मुद्दामा जिल्ला अदालतले दाहालसँग  ५ करोड धरौटी माग गरेको थियो। अदालतले मागेको धरौटी बुझाउन नसक्ने भने पछि उनी थुनामा गएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रहरीका अनुसार अदालतको आदेशानुसार रमेश जेल चलान भएपछि अधिवक्ता रानामगरले सेटिङ मिलाएर उनलाई छुटाइदिने भन्दै परिवारबाट ४२ लाख रुपैयाँ लिएका थिए।

जग्गाधितो अदालतले स्वीकार नगरेपछि विवाद  

तर कानुन व्यवसायी रानाले भने उक्त रकम आफूले नभई जग्गा जेथा जमानत राख्न लिएको दाबी गरेका छन्। ६० लाख बराबरको जग्गा जेथा जमानत राख्ने सहमति भएको र सोही कारोबारका लागि ४२ लाख लिएको तर त्यसमा आफूले २ लाखमात्र लिएको दाबी उनले अदालतमा गरेका छन्। रकम जग्गा जेथाजमानत दिने जयराम फुयाँल र प्रेमबहादुर पराजुलीको मन्जुरीमा जाहेरवाला तीर्थराज दाहाल र विनुता लिम्बूबीच जम्मा ६० लाखमा कार्य सम्पन्न गर्ने भनी करार भएको दाबी उनले गरेका छन्।   

अदालतले जेथा स्वीकार नगरेपछि जेथा जमानतको जग्गा दिन जग्गाधनीलाई दिएको रकम फिर्ता गर्नु भनी जाहेरवालाले भनेकोमा जग्गाधनीले उक्त रकम घर बनाउन प्रयोग गरी समयमा फिर्ता नदिएपछि ठगीमा उजुरी गरेको बयान उनले दिएका छन्। 

उक्त रकम बापतमा जग्गाधनीले उक्त जग्गा नै पास गरिदिन्छु भनेकोमा पनि निज जाहेरवालाले घर सल्लाह गरी खबर गर्छुभन्दा उक्त खबर नगरी एकैपटक  फसाउने कुनियत राखी लेनदेन तथा करारका देवानी मुद्दामा जानुपर्नेमा फौजदारी अन्तर्गतको ठगीमा आएका दाबी गरेका छन्। उनले अदालतमा  उक्त रकम जाहेरवालालाई काम नभएपछि फिर्ता दिनु भनी आफूले बारम्बार जग्गाधनीलाईसमेत अनुरोध गरेको  तर दिन नसकेका कारण ठगीको मुद्दा आएको जिकीर उनले अदालतमा गरेका छन्। 

जमानतका लागि काठमाडौं दक्षिणकाली नगरपालिका ८ मा रहेको कित्ता नम्बर ८० र ८१, प्रेमबहादुर पराजुलीको नाममा दर्ता कायम रहेको र किनं ३२९ र  जयराम फुयाँलको नाममा दर्ता कायम रहेको  जग्गा खरिद गर्ने तयारी भएको  बयान उनले दिएका छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०७६  १६:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकलाई निगरानी, कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन मन्त्रालयको विद्यालय शिक्षा शाखाले सोमबार ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइलाई पत्राचार गर्दै राजनीतिक दलका कार्यक्रममा स... मंगलबार, असोज ६, २०८३
संयुक्त राष्ट्रसंघको महासभा सुरु, बालेनको सम्बोधन पर्सी महासभामा नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले महासभामा पर्सी सम्बोधन गर्ने भएका छन् । आज प्रधानमन्त्री वालेन प्रस्थान गरेका छन् । उ... मंगलबार, असोज ६, २०८३
असोज ९–११ मा भारी वर्षाको जोखिम, सरकार ‘हाई अलर्ट’मा सम्भावित जोखिमबारे जानकारी लिन मंगलबार गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ जल तथा मौसम विज्ञ... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकलाई निगरानी, कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्