• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

अभियुक्तलाई छुटाइदिन्छु भन्ने वकिल नै थुनामा परेपछि...

64x64
दुर्गा दुलाल मंगलबार, फागुन २०, २०७६  १६:२६
1140x725

काठमाडौ-अदालतले मागेको धरौटी बुझाउन नसकेपछि थुनामा रहेका अभियुक्तलाई छुटाउन सेटिङका लागि घुस लिएको आरोप लागेका एक वकिल आफैं थुनामा पुगेका छन्। जिल्ला अदालत काठमाडौले धरौटी मागेर बुझाउन नसकेपछि थुनामा गएका अभियुक्तलाई छुटाउन प्रयास गरेका कानुन व्यवसायी सोही अदालतको आदेशअनुसार थुनामा पुगेका हुन्। 

यसरी रकम असुल गर्ने अधिवक्ता टंकबहादुर राना मगरलाई जिल्ला अदालत काठमाडौले थुनामा पठाएको हो। जिल्ला अदालतले मागेको धरौटी बुझाउन नसकेपछि राना सोमबार पुर्पक्षका लागि थुनामा गएका हुन् । 

राजश्व चुहावट मुद्दामा धरौटी बुझाउन नसकेर थुनामा रहेका एक प्रतिवादीलाई कानुन व्यवसायी रानाले ‘सेटिङ मिलाएर’ छुटाइदिन्छु भन्दै ४२ लाख रुपैयाँ लिएका  थिए। रकम लिएर पनि धरौटी छुटाउन नसकेपछि पीडित पक्षले ठगीको उजुरी दर्ता गरेका थिए। उक्त उजुरीमा सुनुवाइ गर्दै जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलाशले रानासँग १२ लाख धरौटी माग गरेको थियो। 

जनन्यायिक कानुनी सेवा नामक कानुन परामर्श केन्द्रका सञ्चालकसमेत रहेका रानामगरले राजश्व छलिको अभियोगमा थुनामा रहेका रमेश दाहाललाई छुटाइदिन्छु भन्दै ४२ लाख रुपैयाँ लिएका थिए। 

अभियुक्तका परिवारले दिएको उजुरीका आधारमा महानगरीय अपराध महाशाखाले रानामगरलाई पक्राउ गरेको  थियो।

जिल्ला अदालतले दाहालसँग सुरुमा ५ करोड धरौटी माग गरेको थियो। राजश्व चुहावट मुद्दामा जिल्ला अदालत काठमाडौले मागेको धरौटी बुझाउन नसकेपछि उनी त्यसविरुद्ध उच्च अदालत पाटन पुगेका थिए। पाटनले धरौटी घटाएर २ करोड २५ लाख माग गरेको थियो। उक्त रकम पनि बुझाउन नसकेपछि उनी पुर्पक्षका लागि नख्खु कारगार चलान भएका थिए।  
थुनामा गएपछि अधिवक्ता राना र विनुता लिम्वुसँग गरि ४२ लाख लिएको कागज गरेका थिए। रानाले बहस गरेवापत नभई सेटिङ गरेर धरौटीमा छुटाउने भन्दै उक्त रकम लिएर कागज गरे पनि धरौटीमा छुटाउन नसकेपछि दाहालका पिताले ठगीको जाहेरी दिएका थिए। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २७ मंसिर २०७५ मा राजश्व छलि गरेको गरेको अभियोगमा रमेश दाहालसहित ४ जनालाई पक्राउ गरेको थियो।

सीआईबीको अनुसन्धानबाट रमेशसहितका दिनेश शिवाकोटी, जयनारायण श्रेष्ठ, रमेश दाहाल र शरद रिजालसहितका व्यक्तिले भेट्टाएको नागरिकताका आधारमा कम्पनी दर्ता गरी ६८ करोड रुपैयाँ बराबरको कर छलि गरेको पाइएको थियो। राजश्व अनुसन्धानले उनीहरु विरुद्ध सोही बराबर विगो दाबी गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।  उक्त मुद्दामा जिल्ला अदालतले दाहालसँग  ५ करोड धरौटी माग गरेको थियो। अदालतले मागेको धरौटी बुझाउन नसक्ने भने पछि उनी थुनामा गएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रहरीका अनुसार अदालतको आदेशानुसार रमेश जेल चलान भएपछि अधिवक्ता रानामगरले सेटिङ मिलाएर उनलाई छुटाइदिने भन्दै परिवारबाट ४२ लाख रुपैयाँ लिएका थिए।

जग्गाधितो अदालतले स्वीकार नगरेपछि विवाद  

तर कानुन व्यवसायी रानाले भने उक्त रकम आफूले नभई जग्गा जेथा जमानत राख्न लिएको दाबी गरेका छन्। ६० लाख बराबरको जग्गा जेथा जमानत राख्ने सहमति भएको र सोही कारोबारका लागि ४२ लाख लिएको तर त्यसमा आफूले २ लाखमात्र लिएको दाबी उनले अदालतमा गरेका छन्। रकम जग्गा जेथाजमानत दिने जयराम फुयाँल र प्रेमबहादुर पराजुलीको मन्जुरीमा जाहेरवाला तीर्थराज दाहाल र विनुता लिम्बूबीच जम्मा ६० लाखमा कार्य सम्पन्न गर्ने भनी करार भएको दाबी उनले गरेका छन्।   

अदालतले जेथा स्वीकार नगरेपछि जेथा जमानतको जग्गा दिन जग्गाधनीलाई दिएको रकम फिर्ता गर्नु भनी जाहेरवालाले भनेकोमा जग्गाधनीले उक्त रकम घर बनाउन प्रयोग गरी समयमा फिर्ता नदिएपछि ठगीमा उजुरी गरेको बयान उनले दिएका छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उक्त रकम बापतमा जग्गाधनीले उक्त जग्गा नै पास गरिदिन्छु भनेकोमा पनि निज जाहेरवालाले घर सल्लाह गरी खबर गर्छुभन्दा उक्त खबर नगरी एकैपटक  फसाउने कुनियत राखी लेनदेन तथा करारका देवानी मुद्दामा जानुपर्नेमा फौजदारी अन्तर्गतको ठगीमा आएका दाबी गरेका छन्। उनले अदालतमा  उक्त रकम जाहेरवालालाई काम नभएपछि फिर्ता दिनु भनी आफूले बारम्बार जग्गाधनीलाईसमेत अनुरोध गरेको  तर दिन नसकेका कारण ठगीको मुद्दा आएको जिकीर उनले अदालतमा गरेका छन्। 

जमानतका लागि काठमाडौं दक्षिणकाली नगरपालिका ८ मा रहेको कित्ता नम्बर ८० र ८१, प्रेमबहादुर पराजुलीको नाममा दर्ता कायम रहेको र किनं ३२९ र  जयराम फुयाँलको नाममा दर्ता कायम रहेको  जग्गा खरिद गर्ने तयारी भएको  बयान उनले दिएका छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०७६  १६:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
कोशी, मधेश, बागमती प्रदेशमा आंशिक बादल लाग्ने हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार, कात्तिक १०, २०८३
बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको अवरोधको पछिल्लो विवरण सार्वजनिक गरेको छ । आज बिहान ६ः३० बजेसम्मको तथ्याङ्... मंगलबार, कात्तिक १०, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह प्राधिकरणका अनुसार कात्तिक १३ गते शुक्रबार र १४ गते शनिबार कोसी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा चक्रवातको प्रभाव बढी पर्ने... सोमबार, कात्तिक ९, २०८३
ताजा समाचारसबै
कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय मंगलबार, कात्तिक १०, २०८३
कोशी, मधेश, बागमती प्रदेशमा आंशिक बादल लाग्ने मंगलबार, कात्तिक १०, २०८३
रायो साग खेतीबाट दुई महिनामै साढे दुई लाख आम्दानी ! मंगलबार, कात्तिक १०, २०८३
बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध मंगलबार, कात्तिक १०, २०८३
केनले जिते बालोन डी’ओर मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो: नेपालमा महँगी बढ्ने जोखिम सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्