डडेल्धुरा- जिल्ला खेलकुद विकास समिति डडेल्धुराको आयोजनामा १०औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारबाट सञ्चालन भएको छ। प्रतियोगितामा डडेल्धुरा जिल्लाभरिका २३ विद्यालयको सहभागिता रहेको छ।
प्रदेश न. ७ का भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री पठानसिंह बोहराले प्रतियोगिताको उद्घाटन गर्ने खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र मगरले जानकारी दिए।
हरेक वर्ष हुने प्रतियोगितामा ५ वटा विधाका एक दर्जनभन्दा बढी खेल खेलाइने खेलकुद विकास समिति डडेल्धुराका कार्यालय प्रमुख डम्बर भण्डारीले बताए।
प्रतियोगितामा सहभागिताका लागि १८ वर्ष उमेरमा विद्यार्थिहरु परशुराम नगरपालिका १२ जोगबुडामा पुगेका छन्। वडा नं १२ को परशुराम रंगमैदानमा प्रतियोगिता सञ्चालन हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।