Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

मन्त्रीकै अगुवाइमा बस्तीमा डोजर [फोटो/भिडियोसहित]

64x64
लिलु डुम्रे सोमबार, फागुन १९, २०७६  १८:१४
1140x725

महोत्तरी– महोत्तरीको गौशाला नगरपालिका-५ स्थित राष्ट्रिय सहकारी विकास बोर्डको नाममा रहेको सरकारी जग्गामा निर्माण गरिएको बस्तीमा डोजर प्रशासनले लगाएको छ।
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल नै अतिक्रमित क्षेत्रमा पुगेर सो बस्तीमा डोजर चलाउन निर्देशन दिएकी थिइन्।
नेपाल सरकारअन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको स्वामित्वमा रहेको करिब २ सय बिघा जग्गा घट्दै गएर हाल १ सय ४८ बिघा जग्गा सीमित भएको छ। बाँकी जग्गामा समेत व्यक्तिहरूले अतिक्रमण गरी भौतिक संरचना निर्माण गरेर बस्ती बसालेपछि मन्त्री अर्यालकै अगुवाइमा भत्काइएको हो। 
आइतबार सुरक्षाकर्मीसहित गएको टोलीले १५ कठ्ठामा बनेका २ दर्जन बढी घरटहरामा डोजर लगाएको हो। मन्त्रालयले गरेको कामलाई स्थानीय तहका प्रतिनिधिले समेत सहयोग पुर्‍याएका थिए।

सरकारी जग्गामा भौतिक संरचना निर्माण नगर्न राष्ट्रिय सहकारी विकास बोर्डले पटकपटक गरेको अनुरोध तथा लिखित सूचनासमेतलाई अटेर गरेपछि डोजर चलाउनु परेको मन्त्री अर्यालले बताइन्। ‘सरकारी जग्गामा भौतिक संरचना निर्माण नगर्न पटकपटक आग्रह गर्‍यौं। सार्वजनिक सूचनालाई बेवास्ता गरेपछि भत्काइएको हो,’ उनले भनिन्।

गत वर्ष बनेका घर भत्काउन लागेको मन्त्रालयले केही घर भत्कने र केही बच्ने भएकाले स्थानीयको आग्रहमा एक वर्ष कुरेको थियो। ‘केहीलाई स्थापित र केहीलाई विस्थापित गर्ने असमान व्यवहार हुने देखेर नै भत्काउने काम एक वर्ष सारिएको थियो,’ मन्त्री अर्यालले भनिन्।  सरकारले ३० परिवारलाई घर भत्काउन तथा छोड्न आग्रह गर्दै एक महिने सूचनासमेत प्रकाशित गरेको थियो।  गत वर्ष निकालेको सूचनालाई बेवास्ता गर्दै घर निर्माण कार्य जारी रहेको थियो। ‘सरकारी जग्गामा घर नबनाउन सूचना निकाल्दै गर्दा पनि पक्की घरहरु बने,’ स्थानीय विवेक रौनियारले भने। घरनिर्माण गरी बस्नेहरूसँग भेटेर, सूचना निकालेर, स्थानीय एफएमबाट सूचना जारी गरेर, माइकिङ गरेर जानकारी गराउँदागराउँदै पनि घर निर्माण नरोकिएपछि भत्काउनै पर्ने अवस्था आएको राष्ट्रिय सहकारी विकास वोर्डका सदस्य सचिव चक्रबहादुर पराजुलीले बताए।

प्रशासनले आइतबार भत्काएका घरमध्ये आधा दर्जन घर पक्की थिए। स्थानीय प्रशासनलाई चुनौती दिँदै घरहरूका तलासमेत थपिएको थियो। वास्तविक भूमिहीनलाई सरकारले व्यवस्थापन गर्ने बताउँदै मन्त्री अर्यालले सुकुम्बासीका नाममा सरकारी जग्गा हड्प्नेलाई हटाइ छोड्ने बताइएन्। 

‘सामाजिक अगुवा’ भनिने केही व्यक्तिले सुकुम्वासीलाई जग्गा धनी पुर्जा बनाइदिने भन्दै आर्थिक चलखेल गरी घर बनाउन प्रोत्साहनसमेत गरेको स्थानीयको भनाइको थियो।। ५५ वर्षीय एक स्थानीयले भने, ‘गौशालामा काम गर्ने कर्मचारीले समेत पैसा खाएर सर्वसाधारणको घर बनाउन लगाए।’ सरकारी प्रयासमा जारी गाईपालनमा सय बढी गाई गौशालामा छन्। १४ जना कर्मचारी गौशालामा कार्यरत छन्। कसैले झुठो आश्वासन दिएर सरकारी जग्गामा घर बनाउन प्रोत्साहन गरेको भए उनीहरुलार्ई कारबाहीको दायरामा ल्याइने मन्त्री अर्यालले बताइन्।

भिडियो

Ncell 2
Ncell 2
nimb
nimb

पञ्चायत व्यवस्थाकै समयमा केही स्थानीयलाई गौशालाको जग्गा हेरचाह गर्न कागजी अधिकार दिएर घर बनाउनसमेत दिइएको थियो। त्यसरी घर बनाउनेको यकिन तथ्यांक भने नरहेको स्थानीय विवेक रौनियारले बताए।

प्रशासनले घर हटाउन ताकेता गरेपनि घरमा बस्दै आएकाहरू आइतबार हतारहतारमा सामान सारेर घर खाली गरेका थिए। दुई डोजरले दुइतर्फी रूपमा घर भत्काउन लागेपछि केही महिलाहरू रोएका समेत थिए। कच्ची घरमा बस्दै आएकी एक वृद्ध महिलाले घर भत्काउन थालेपछि बिलौना गर्दै कहाँ बस्ने भन्दै सरकारलाई प्रश्न गरेकी थिइन्। घर बनाउनेहरू मध्ये ३ परिवार वास्तविक सुकुम्वासी भेटिएको बताउँदै मन्त्री अर्यालले उक्त परिवारको बसोबासको व्यवस्था सरकारले गरिसकेको जानकारी गराइन्।

शहरीकरण उन्मुख गौशाला क्षेत्रमा बस्ती बाक्लिँदै गएको छ। गौशालाको मुख्य बजारसँगै रहेको सरकारी जग्गामा व्यक्तिको आँखा परेको छ।  गौशाला नगरपालिकामा नेकपाका मेयर शिवनाथ महतो भएकै कारण पनि मन्त्रालयको पहललाई सहयोग पुगेको थियो। ठूलो संख्यामा पुगेको सुरक्षाकर्मीसहितको टोलीले घर भत्काउन लागेपछि विरोधमा उत्रने आँट भने स्थानीयमा थिएन।

Xtrem

Xtrem

प्रकाशित मिति: सोमबार, फागुन १९, २०७६  १८:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने बिहीबार, असोज २२, २०८३
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन बिहीबार, असोज २२, २०८३
एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने बिहीबार, असोज २२, २०८३
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्