• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, मंसिर १९, २०८२ Fri, Dec 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

मन्त्रीकै अगुवाइमा बस्तीमा डोजर [फोटो/भिडियोसहित]

64x64
लिलु डुम्रे सोमबार, फागुन १९, २०७६  १८:१४
1140x725

महोत्तरी– महोत्तरीको गौशाला नगरपालिका-५ स्थित राष्ट्रिय सहकारी विकास बोर्डको नाममा रहेको सरकारी जग्गामा निर्माण गरिएको बस्तीमा डोजर प्रशासनले लगाएको छ।
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल नै अतिक्रमित क्षेत्रमा पुगेर सो बस्तीमा डोजर चलाउन निर्देशन दिएकी थिइन्।
नेपाल सरकारअन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको स्वामित्वमा रहेको करिब २ सय बिघा जग्गा घट्दै गएर हाल १ सय ४८ बिघा जग्गा सीमित भएको छ। बाँकी जग्गामा समेत व्यक्तिहरूले अतिक्रमण गरी भौतिक संरचना निर्माण गरेर बस्ती बसालेपछि मन्त्री अर्यालकै अगुवाइमा भत्काइएको हो। 
आइतबार सुरक्षाकर्मीसहित गएको टोलीले १५ कठ्ठामा बनेका २ दर्जन बढी घरटहरामा डोजर लगाएको हो। मन्त्रालयले गरेको कामलाई स्थानीय तहका प्रतिनिधिले समेत सहयोग पुर्‍याएका थिए।

सरकारी जग्गामा भौतिक संरचना निर्माण नगर्न राष्ट्रिय सहकारी विकास बोर्डले पटकपटक गरेको अनुरोध तथा लिखित सूचनासमेतलाई अटेर गरेपछि डोजर चलाउनु परेको मन्त्री अर्यालले बताइन्। ‘सरकारी जग्गामा भौतिक संरचना निर्माण नगर्न पटकपटक आग्रह गर्‍यौं। सार्वजनिक सूचनालाई बेवास्ता गरेपछि भत्काइएको हो,’ उनले भनिन्।

गत वर्ष बनेका घर भत्काउन लागेको मन्त्रालयले केही घर भत्कने र केही बच्ने भएकाले स्थानीयको आग्रहमा एक वर्ष कुरेको थियो। ‘केहीलाई स्थापित र केहीलाई विस्थापित गर्ने असमान व्यवहार हुने देखेर नै भत्काउने काम एक वर्ष सारिएको थियो,’ मन्त्री अर्यालले भनिन्।  सरकारले ३० परिवारलाई घर भत्काउन तथा छोड्न आग्रह गर्दै एक महिने सूचनासमेत प्रकाशित गरेको थियो।  गत वर्ष निकालेको सूचनालाई बेवास्ता गर्दै घर निर्माण कार्य जारी रहेको थियो। ‘सरकारी जग्गामा घर नबनाउन सूचना निकाल्दै गर्दा पनि पक्की घरहरु बने,’ स्थानीय विवेक रौनियारले भने। घरनिर्माण गरी बस्नेहरूसँग भेटेर, सूचना निकालेर, स्थानीय एफएमबाट सूचना जारी गरेर, माइकिङ गरेर जानकारी गराउँदागराउँदै पनि घर निर्माण नरोकिएपछि भत्काउनै पर्ने अवस्था आएको राष्ट्रिय सहकारी विकास वोर्डका सदस्य सचिव चक्रबहादुर पराजुलीले बताए।

प्रशासनले आइतबार भत्काएका घरमध्ये आधा दर्जन घर पक्की थिए। स्थानीय प्रशासनलाई चुनौती दिँदै घरहरूका तलासमेत थपिएको थियो। वास्तविक भूमिहीनलाई सरकारले व्यवस्थापन गर्ने बताउँदै मन्त्री अर्यालले सुकुम्बासीका नाममा सरकारी जग्गा हड्प्नेलाई हटाइ छोड्ने बताइएन्। 

‘सामाजिक अगुवा’ भनिने केही व्यक्तिले सुकुम्वासीलाई जग्गा धनी पुर्जा बनाइदिने भन्दै आर्थिक चलखेल गरी घर बनाउन प्रोत्साहनसमेत गरेको स्थानीयको भनाइको थियो।। ५५ वर्षीय एक स्थानीयले भने, ‘गौशालामा काम गर्ने कर्मचारीले समेत पैसा खाएर सर्वसाधारणको घर बनाउन लगाए।’ सरकारी प्रयासमा जारी गाईपालनमा सय बढी गाई गौशालामा छन्। १४ जना कर्मचारी गौशालामा कार्यरत छन्। कसैले झुठो आश्वासन दिएर सरकारी जग्गामा घर बनाउन प्रोत्साहन गरेको भए उनीहरुलार्ई कारबाहीको दायरामा ल्याइने मन्त्री अर्यालले बताइन्।

भिडियो

Ncell 2
Ncell 2

पञ्चायत व्यवस्थाकै समयमा केही स्थानीयलाई गौशालाको जग्गा हेरचाह गर्न कागजी अधिकार दिएर घर बनाउनसमेत दिइएको थियो। त्यसरी घर बनाउनेको यकिन तथ्यांक भने नरहेको स्थानीय विवेक रौनियारले बताए।

प्रशासनले घर हटाउन ताकेता गरेपनि घरमा बस्दै आएकाहरू आइतबार हतारहतारमा सामान सारेर घर खाली गरेका थिए। दुई डोजरले दुइतर्फी रूपमा घर भत्काउन लागेपछि केही महिलाहरू रोएका समेत थिए। कच्ची घरमा बस्दै आएकी एक वृद्ध महिलाले घर भत्काउन थालेपछि बिलौना गर्दै कहाँ बस्ने भन्दै सरकारलाई प्रश्न गरेकी थिइन्। घर बनाउनेहरू मध्ये ३ परिवार वास्तविक सुकुम्वासी भेटिएको बताउँदै मन्त्री अर्यालले उक्त परिवारको बसोबासको व्यवस्था सरकारले गरिसकेको जानकारी गराइन्।

शहरीकरण उन्मुख गौशाला क्षेत्रमा बस्ती बाक्लिँदै गएको छ। गौशालाको मुख्य बजारसँगै रहेको सरकारी जग्गामा व्यक्तिको आँखा परेको छ।  गौशाला नगरपालिकामा नेकपाका मेयर शिवनाथ महतो भएकै कारण पनि मन्त्रालयको पहललाई सहयोग पुगेको थियो। ठूलो संख्यामा पुगेको सुरक्षाकर्मीसहितको टोलीले घर भत्काउन लागेपछि विरोधमा उत्रने आँट भने स्थानीयमा थिएन।

प्रकाशित मिति: सोमबार, फागुन १९, २०७६  १८:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
आज धान्यपूर्णिमा, नेवार समुदायको योमरी पुन्हि, किरात उधौली मनाउँदै सनातन समाजमा यो पर्धावन्य पूर्णिमाका रूपमा चिनिन्छ। धानलाई लक्ष्मी वा समृद्धिको प्रतीकका रूपमा पूजा गर्ने परम्परा  छ। यो दिन धानको भ... बिहीबार, मंसिर १८, २०८२
आज अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस अपाङ्गता भएका व्यक्तिलाई कार्यालय, विद्यालय, सार्वजनिक सवारी साधन, सडक, पार्क, मठ मन्दिर, सरकारी र सार्वजनिक एवम निजी संरचना आदिमा उ... बुधबार, मंसिर १७, २०८२
आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस प्रवासी तथा असुरक्षित श्रमिकहरूलाई घरेलु काम, निर्माण, कृषि, वस्त्र उद्योगदेखि यौन क्षेत्रसम्म विभिन्न आर्थिक शोषणमा लगाइने गरेको पा... मंगलबार, मंसिर १६, २०८२
ताजा समाचारसबै
एनपीएल : लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए शुक्रबार, मंसिर १९, २०८२
विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध शुक्रबार, मंसिर १९, २०८२
प्लेअफमा पुग्न लुम्बिनीलाई जनकपुरद्वारा १३३ रनको लक्ष्य शुक्रबार, मंसिर १९, २०८२
मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त शुक्रबार, मंसिर १९, २०८२
बालुवाटारमा सर्वपक्षीय बैठक सुरु शुक्रबार, मंसिर १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
आफूमाथि अन्याय भयो भन्दै सुदन गुरुङसँग रवि लामिछानेको गरे गुनासो बिहीबार, मंसिर १८, २०८२
अब नेपालमा १०० भन्दा ठूला दरका भारु चल्ने बिहीबार, मंसिर १८, २०८२
सञ्चालनमा आयो भाटभटेनी बिहीबार, मंसिर १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्