काठमाडौं-पत्रकार अशोक सिलवालको पछिल्लो पुस्तक ‘श्रीलंका स्मृति’ फिकुरीमा विमोचन भएको छ। फिकुरी ट्रेल एक्सप्लोरेशन ट्रिपमा सहभागी पदयात्री समूहले किस्पाङ गाउँपालिकाको फिकुरी डाँडास्थित ३ हजार ४ सय ६० मिटर उचाइमा रहेको ढ्वाछाप भेडीखर्कमा पुस्तकको विमोचन गरे।
‘हिमालयबाट महासागर गएको एउटा अन्वेषी यात्रुको किताब हो यो’, नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य दीपक महतले भने, ‘महासागरले घरेको एउटा टापु देशमा यात्रा गर्दाको अनुभूति समेटिएको पुस्तक भारी हिमपातबीच सामूहिक रुपमा विमोचित हुनु विशेष घटना हो ।’
कृतिमाथि शुभकामना टिप्पणी गर्दै यात्रा आयोजक संस्था रसुवा–नुवाकोट पर्यटन समाजका कार्यवाहक अध्यक्ष शिव लामिछनेले सिलवालको कलम 'फिकुरी यात्रा' माथि पनि चल्ने अपेक्षा गरेका थिए।
‘सागरबारे लेखिएको किताब हिमालमा आइपुग्यो। त्यहाँका मानिस पनि पदयात्रीका रुपमा यहाँ आउन्’, सिलवालले भने, ‘त्यसका लागि सक्रिय यात्रा आयोजक रसुवा–नुवाकोट पर्यटन समाज र यात्रामा जोडिएका सूर्यगढी, किस्पाङ, ठूलोगाउँ र कालिका गाउँपालिकाका जनप्रतिनिधी, स्थानीय र सहयात्री सबैलाई धन्यवाद।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।