एजेन्सी– युरोपा लिग फुटबल प्रतियोगिताअन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगको खेलमा आर्सनलले सानदार जित हात पारेको छ। आर्सनलले बिहीबार राति भएको खेलमा रसियन क्लब सिएसकेए मस्कोलाई ४–१ गोलले पराजित गरेको हो।
पाँच गोल नै पहिलो हाफमा भएका थिए। यता आर्सनलले सन् २००४ पछि पहिलो हाफमा चार गोल गर्दै इतिहास बनाएको छ।
आर्सनललाई सानदार जित दिलाउने क्रममा आरोन राम्सेले ९ र २८ मिनेटमा गरी २ गोल गरे। लकाजेटीले २३ र ३५ मिनेटमा थप गोल गरेपछि आर्सनल खेलमा हाबी बनेको थियो। त्यसअघि मस्कोका गोलभिनले १५ मिनेटमा बराबरी गोल फर्काएपछि आर्सनलले दबाब बढाएको थियो।

यता स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले पोर्चुगिज क्लब स्पोर्टिङ लिस्बनलाई २–० गोलले पराजित गरेको छ। एट्लेटिकोका लगि कोकेले खेल सुरु भएको २३ सेकेन्डमै गोल गरेका थिए। यो गोल एट्लेटिकोले युरोपा लिगमा गरेको सवैभन्दा छिटो गोल हो। एट्लेटिकोका लागि एन्टोनी ग्रिजम्यानले खेलको ४० मिनेटमा दोस्रो गोल गरेका थिए। अन्य खेलमा लाजियोले साल्वर्गलाई ४–२ गोलले र लिपजिगले मार्सेलीलाई १–० गोलले पराजित गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।