काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले चैत ५ गतेभित्रै नेपाल राष्ट्र बैकको गभर्नर नियुक्त हुने बताएका छन्।
मन्त्रीपरिषदको निर्णयको नियमित पत्रकार सम्मेलनका क्रममा अर्थमन्त्री खतिवडाले गभर्नरको पद खाली नहुने बताएका हुन्।
चैत ५ गतेदेखि गभर्नर चिरञ्जीवी नेपालको कार्यकाल सकिँदैछ। उनको कार्यकाल सकिनुभन्दा एक महिनाअगाडि नै नियुक्ति प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्थ्यो। तर‚ अहिलेसम्म सरकारले नियुक्तिको प्रक्रिया अगाडि बढाउन सकेको छैन।
यस्ताे अवस्थामा खतिवडाले चैत ५ गतेभित्रै गभर्नर नियुक्त हुने बताएका हुन्।
हाल गभर्नर पदका लागि डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी, लगानी बोर्डका सिइओ महाप्रसाद अधिकारी, राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलगायत गभर्नरको दौडमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।