• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

अयोग्य शासकको राजसी जन्मोत्सव

64x64
किशोर नेपाल आइतबार, फागुन ११, २०७६  १६:५६
1140x725

कहिलेकाहिँ अप्रिय कुरा पनि बोल्नुपर्दो रहेछ। आज त्यस्तै भएको छ। आजैका दिन प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली बडो तामझामका साथ आफनो ‘शुभ-जन्मोत्सव’ आफू जन्मेको तेह्रथुम जिल्लाको आठराई गाउँ पालिकाको ४ नं वडामा रहेको इवामा मनाउँदै छन्। 

यो कुनै खबर होइन। खबर के हो भने प्रधानमन्त्री ओलीको जन्मोत्सव मनाउन आठराई गाउँपालिकाले सार्वजनिक बिदाको घोषणा गरेको छ। कसो तेह्रथुम जिल्लाले सार्वजनिक बिदाको घोषणा गरेन। हुन त एक नम्बर प्रदेशको सरकारले प्रदेशमा बिदाको घोषणा गरेको भए पनि कसैले विरोध गर्ने थिएन। प्रधानमन्त्री ओलीको शुभ-जन्मोत्सवको भव्यताका लागि आठराईको सुकेपोखरीबाट प्रधानमन्त्री ओलीको जन्मथलो इवाहुँदै ताप्लेजुङ जाने बाटोको शिलान्यास हुने छ। 

स्वाभाविक हो कि मानिस आफनो जन्मोत्सव मनाउन स्वतन्त्र छ। हाम्रो समाजमा जन्मोत्सव मात्रै होइन, नमर्दै मरणोत्सव मनाउने पनि चलन छ। वृषोत्सर्गको विधि-विधान त्यसैका लागि रचिएको हो। कसले कहाँ र कसरी आफनो जन्मोत्सव मनाउँछ त्यसमा अरु कसैको चासो रहँदैन। तर, खड्गप्रसाद ओली देशका प्रधानमन्त्री हुन्। त्यसैले उनले इवामा मनाएको उनको जन्मोत्सवमा सञ्चार क्षेत्रको गहन चासो रहेको छ। 

कान्तिपुर दैनिकले खड्ग ओलीको शुभ-जन्मोत्सवको समाचार विस्तारमा लेखेको छ। सरकारको स्वामित्वको अंग्रेजी दैनिक दि राइजिङ नेपालले शनिबार खड्ग ओलीले लेखेको अंग्रेजी पुस्तक ‘भिजन टु एक्सन’ देशका दुई विशिष्ट नागरिक शताब्दी पुरुष माधव घिमिरे र सत्यमोहन जोशीले संयुक्त रुपमा विमोचन गरेको तस्बिर प्रकाशित गरेको छ। प्रधानमन्त्री ओलीले मनाएको ‘शुभ-जन्मोत्सव’ औपचारिक अवसरको हैसियतमा देखिनु पनि अस्वाभाविक होइन। प्रधानमन्त्री ओलीले आफ्नो पुस्तक विमोचनको अवसरमा अतीतमा भएको अव्यवस्थाका कारण यो सुन्दर र उर्वर देशमा गरिबी र भोकमरी रहेको बताएका छन्। उनी स्वयंले अतीतको त्यो अव्यवस्थाबाट देशलाई मुक्त गर्न के गरे त? प्रश्न अनुत्तरित छ।

२००७ सालको परिवर्तनपछि देशमा जति पनि प्रधानमन्त्री भए ती कसैले पनि यति निर्लज्जतापूर्वक आफनो जन्मोत्सव मनाएको देखिएको थिएन। सबैले जन्म दिनलाई पारिवारिक समारोहका रुपमा मनाउने गरेका थिए। सामन्तको टाउको गिँडेर समाजमा परिवर्तन ल्याउन हिँडेका थिए खड्ग ओली। त्यसै बापत उनी दिव्य १२ वर्ष जेल पनि बसे। अहिले उनी प्रधानमन्त्री छन्। 

प्रधानमन्त्रीका रुपमा उनले शानदार ढंगले आफनो जन्म दिन मनाएका छन्। मानिसको कायापलट हुनु भनेको यही हो। अहिले प्रधानमन्त्री ओलीको कायापलट भएको छ। सामन्तको टाउको गिँड्ने अभियानका नेताको रुपान्तरण महा-सामन्तका रुपमा भएको छ। 

उनलाई एमालेका सांसदहरुले किन नेता चुनेका हुन् त्यो उनीहरु नै जानुन्। एमालेमा एकसेएक नेता थिए, जुझारु र खाइलाग्दा। तर, हाम्रो संसदीय व्यवस्थाको दुर्दशा नै यही भयो कि जो प्रधानमन्त्री भए ती देशका लागि दायित्व नै सावित भए।

यो सन्दर्भमा अप्रिय कुरा प्रधानमन्त्री ओलीले ‘शुभ-जन्मोत्सव’ मनाए भन्ने होइन। अप्रिय कुरा खड्गप्रसाद ओली नेपालको शासन गर्न सर्वथा अयोग्य व्यक्ति हुन। उनको व्यक्तित्वलाई नै हेरौं। पहिलो त उनी बिरामी छन्। उनलाई सामान्य रोग लागेको होइन। उनको शरीरमा किड्नी प्रत्यारोपण गरिएको छ। उनले नियमित डायलासिस गराउनुपर्छ। स्टेरोइड औषधिको सेवन गर्नुपर्छ। अहिले आएर त उनको प्रत्यारोपण गरिएको किड्नीले पनि काम गर्न छाडेको छ। उनका लागि अर्को किड्नीको खोजी हुँदैछ र प्रत्यारोपणको मिति पनि नजिकिँदै छ।

Ncell 2
Ncell 2
nimb
nimb
प्रधानमन्त्री ओलीको जन्मोत्सव मनाउन उनको जन्मघर आठराईमा भेला भएका सरकारी कर्मचारी लगायत स्थानीयहरू। प्रधानमन्त्री ओलीको जन्मोत्सव मनाउनका लागि गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ। तस्बिर सौजन्य : राजन काफ्ले

खड्ग ओली तत्कालीन एमालेको अध्यक्ष भएकै कारण संसदीय दलको नेता चुनिएका हुन्। उनलाई एमालेका सांसदहरुले किन नेता चुनेका हुन् त्यो उनीहरु नै जानुन्। एमालेमा एकसेएक नेता थिए, जुझारु र खाइलाग्दा। तर, हाम्रो संसदीय व्यवस्थाको दुर्दशा नै यही भयो कि जो प्रधानमन्त्री भए ती देशका लागि दायित्व नै सावित भए। यो देशले ठूलाठूला परिवर्तनलाई आत्मसात गरेको छ। तर पनि कालको मुखमा पुगेका बिरामी नेताहरुको शासनको अभिशाप खेप्न बाध्य भएको छ यो देश। हाम्रो देशमा सरकारको निर्माण विधि नै पारम्परिक छ। हामी गणतन्त्रमा आएर पनि राजतन्त्रका परम्परालाई पछ्याउँदै छौं। हाम्रा राष्ट्रपति आपूmलाई राजाको उत्तराधिकारमा राष्ट्रपति भएको ठान्दछन्। जब कि, गणतन्त्रमा राष्ट्रपतिको भूमिका परिभाषित हुन्छ।

प्रधानमन्त्री खड्ग ओलीले संसदमा दुई तिहाइ मत जम्मा पार्न सफलता पाए पनि त्यो मतको दुरुपयोग मात्रै गरेका छन्। यती समूहलाई नेपाल ट्रस्टको सम्पत्ति सस्तो दरमा भाडामा दिन त्यो दुई तिहाइ आड बनेको छ। यो सरकारका पालामा भएका काण्ड र कर्तुतहरुको फिहरिस्त तयार पार्न कठिन छ। जो काण्ड भए ती थामिएका छन्, सेलाएका छैनन्। 

खड्ग ओली त्यतिबेला पनि प्रधानमन्त्री थिए, जतिबेला नेपाल भारतीय नाकाबन्दीको सामना गरिरहेको थियो। त्यो बेला नाकाबन्दीको नाममा सरकारले तस्करहरुलाई ब्रह्मलुट गर्ने छुट दिएको थियो। चितवनको ठोरी काठमाडौंमा सामान पुर्‍याउने तस्करीको केन्द्र बनेको थियो। त्यसलाई सरकारको संरक्षण प्राप्त थियो। भारतीय नाकाबन्दी हटाउन प्रधानमन्त्री खड्ग ओलीको योगदानको चर्चा गरेर नथाक्नेहरुको समूह ठूलै छ। तर, प्रधानमन्त्री ओलीले भारतलाई नाकाबन्दी हटाउन बाध्य पारेको तर्क हावादारी हो। यस्ता तर्कको सिङ–पुच्छर हुँदैन। अहिले प्रधानमन्त्री खड्ग ओलीले कालापानी लगायतका नेपाली भूभागबाट भारतलाई निस्कन भनेका छन्। त्यसको प्रभाव के परेको छ? सबैको आँखा अगाडि छर्लंग छ।

उनको शासनले सबभन्दा ठूलो अव्यवस्थाको सिर्जना गरेको छ। शिक्षा, स्वास्थ्य, गृह, भूमिसुधार, वैदेशिक रोजगार, स्थानीय विकास, निर्माण, सहरी विकास, परराष्ट्र सरकारको कुन चाहिँ क्षेत्रमा पकड छ? सबै क्षेत्र लथालिंग छ।

प्रधानमन्त्री खड्ग ओलीले नेपालको गरिबी र भोकमरीका लागि अतीतको अव्यवस्थालाई दोष दिए पनि उनको शासनले सबभन्दा ठूलो अव्यवस्थाको सिर्जना गरेको छ। शिक्षा, स्वास्थ्य, गृह, भूमिसुधार, वैदेशिक रोजगार, स्थानीय विकास, निर्माण, सहरी विकास, परराष्ट्र सरकारको कुन चाहिँ क्षेत्रमा पकड छ? सबै क्षेत्र लथालिंग छ। न्याय र मानव अधिकारको क्षेत्रमा ठाडो हस्तक्षेप गर्ने सरकारले सञ्चारको क्षेत्रमा हस्तक्षेप गर्नु कुन ठूलो कुरा भयो? एउटै गोकुल बाँस्कोटा अहिले खड्ग ओली नेतृत्वको सरकारको योग्यता र इमान्दारीको नमुना सावित भएका छन्।

राजनीतिलाई एकदलीय उन्मुख बनाउन अभिप्रेरित भएको छ सरकार। सम्झौता गर्ने, वचनबध्द हुने तर वाचा पूरा नगर्ने, जनतासँग बदलाको भाव राखेर व्यवहार गर्ने, नातागोता र आफन्तवादलाई प्रोत्साहित गर्ने, राजनीतिक आस्थाका आधारमा व्यावसायिक अवसरहरु वितरण गर्ने नीति अख्तियार गरेको छ सरकारले। विकास आयोजनाको कार्यान्वयनमा पगपगमा चुकेको छ सरकार। मेलम्ची भनौं कि माथिल्लो तामाकोशी, बुढी गण्डकी भनौं कि अन्य कुनै। बाटा–घाटा, पुल–पुलेसाको निर्माणमा लागतभन्दा बढी घुस खाने र ठेकदारलाई कुटेजस्तो व्यवहार गरेर साखुल्ले पल्टिने सरकारको व्यवहार बुझ्नेले राम्ररी बुझेका छन्।

यी सामयिक कुरा हुन्। देशलाई सामथ्र्यको नारा लगाउने सरकार होइन, काम गर्ने इच्छाशक्ति र सामथ्र्य भएको सरकार चाहिएको छ। राजा–महाराजाको जस्तो तोरण र तक्मा बाँडने अहिलेका सरकारहरुको कुनै काम छैन। सत्ताको बिग्रहले पार्टीहरु भ्रष्ट भएका छन्। पार्टीहरुको भ्रष्टाचारलाई खड्ग ओली र शेरबहादुर देउवा जस्ता नेताले सुरक्षा दिएका छन्।

साठी वर्ष काटेको मानिसले नयाँ सपना देख्दैन। त्यस्तो सपना देख्यो भने ऊ कहालिन्छ। त्यसैले देश हाँक्न सक्ने नेताहरु आ-आफनो कोक्रोबाट बाहिर निस्किनु पर्छ। नेपाल आँट नभएका नेताका कारण अभिशप्त भएको हो। जसलाई जनताले आँटिलो मानेका थिए, तिनको आँट गलत प्रबृत्तितिर मोडियो। एक्काइसौं शताब्दीको पच्चीस वर्ष नबित्दै अहिलेकै राजनीतिक संरचनाबाट नयाँ नेता जाग्नु पर्छ। देशमा धेरै परिवर्तन भएर पनि जनताले कोल्टे फेर्न सकेका छैनन्। अब जनताले कोल्टे फेर्न पाउनु पर्छ।

यी ‘अप्रिय’ शब्दहरुका साथ प्रधानमन्त्री खडगप्रसाद शर्मा ओलीलाई जन्मदिनको शुभकामना। अष्ट चिरन्जीवीले उनको रक्षा गरुन्। 

प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  १६:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर नेपाल
वरिष्ठ पत्रकार नेपाल nepallive का नियमित स्तम्भकार हुन्।
लेखकबाट थप
नेकपामा चिनियाँ व्यवस्थापन
अध्यादेशमा अल्झिएका ओली
सरकारको हाउगुजी हो कोरोना?
सम्बन्धित सामग्री
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति पुरातत्वविद झा सम्झन्छन्–इजोतको कति अंक प्रकाशन हुन सक्यो त्यसको यकिन गर्न सकिँदेन । तर जे जति प्रकाशन भयो त्यसले मैथिली पत्रकारिता... शनिबार, भदौ २७, २०८३
ताजा समाचारसबै
संविधानको मर्ममाथि खेलवाड नगर्न सरकारलाई आङ्देम्बेको चेतावनी शनिबार, असोज ३, २०८३
राष्ट्रिय एकता सुदृढ गर्न संविधान पक्षधर शक्तिलाई ओलीको आग्रह शनिबार, असोज ३, २०८३
‘संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु आजको मुख्य दायित्व’ : ‘प्रचण्ड’ शनिबार, असोज ३, २०८३
ह्वाइट हाउसमा सीएनएन, पोलिटिको र एमएस नाउलाई ट्रप्पले किन गरे प्रवेशमा प्रतिबन्ध ? शनिबार, असोज ३, २०८३
आज संविधान दिवस मनाइँदै शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सिंहदबारबाट पक्राउ परेका गाउँपालिका अध्यक्ष २२ लाख धरौटी बुझाउन नसकेपछि कारागार चलान शुक्रबार, असोज २, २०८३
असनमा प्रहरीको अपरेशन : डेढ किलो सुनसहित समातिए भारतीय गिरोहका सदस्य शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्