• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

मान्छेको विपक्षमा

64x64
पदम गौतम आइतबार, फागुन ११, २०७६  १४:११
1140x725

मैले दुई वर्ष सँगै काम गरेको मेरो पूर्वसाहु बडो विचित्रको छ। विभिन्न ठाउँ घुमिरहन्छ तर कतै जाँदा पनि ऊ आफ्नो फोटो खिच्दैन। लाग्छ, यसलाई यो सेल्फीको जमानाले हरपल गिज्याइरहन्छ। गत वर्ष ऊ एक्लै अफ्रिका गएको थियो। इजिप्ट पुगेर फर्किएपछि त्यहाँको पिरामिडका केही फोटा देखायो, केन्यातिर घुम्दा हात्ती र अन्य जनावरका तस्बिर देखायो। 

‘पदम, मेरा आफ्नै फोटाचाहिँ छैनन्। मैले आफनो फोटो वर्षमा एउटाभन्दा बढी सायद खिचेको छैन,’ मैले उसकै फोटाबारे सोधेपछि उसको जवाफ थियो यो।

‘खासमा मलाई अहिलेका मान्छे मन पर्दैनन्। पुराना र मान्छेका इतिहाससँग जोडिएका कुरा र जनावरबारे हेर्न र बुझ्न नपाए के घुम्नु?’ 

एक दिन काम गर्ने समयमा उसको स्वर अलिक अनौठो सुनेर यसो नियालेर उतिर हेरेँ। उसका आँखाबाट आँसु झरिरहेका थिए। 

‘रेनातो, केही समस्या छ र?’ मैले उसकै मातृभाषामा सोधेको थिएँ। ऊ सामान्य अवस्थामा अंग्रेजीमा कुरा गरे पनि अलिक भावुक हुँदा वा रिसाउँदाचाहिँ आफ्नै भाषामा कुरा गर्न खोज्छ। दुई दिनअघि उसका बुबा बारीमा काम गर्दा रुखको हाँगाले लागेर घाइते भएका थिए। कुनै ठूलै समस्या पो भएछ कि? मेरो दिमाग त्यता गएको थियो।

‘मान्छेले आफ्नो इतिहास जोगाउन पनि सकेन, हेर न पदम,’ ब्राजिलको संग्रहालयमा  लागेको आगोले ऊ द्रवित भएको रहेछ। केही सातापछि अमेजन जंगलमा लागेको आगोले ऊ निकै दिनसम्म झोक्राइरहेको मैले देखेको थिएँ। अस्ट्रेलियाको आगलागीको समयमा चाहिँ म उसँग काम गरिरहेको थिइनँ।

दूतावासले आफ्नो कम्पाउण्ड घेराभित्र सरकारी नियम नलाग्ने बताएपछि दूतावासलाई वरिपरीबाट घेराबन्दी गरियो। लगातार दुई दिनसम्म हजारौं चिनियाँले ढोल पिटेर तर्साएपछि त्यहाँ लुकेका सबै चराको मृत्यु भयो।

छिमेकी देश चीनको अलिक पुरानो एउटा नकारात्मक उदाहरण लिऊँ। चिनियाँ कम्युनिष्ट पार्टी अध्यक्ष माओत्सेतुंगको समयमा एउटा पागलपूर्ण सरकारी आदेश जारी भयो। त्यो थियो–देशभरका भँगेरा मार्ने निर्देशन। लामखुट्टे, मुसो र झिँगासँगै भँगेरालाई पनि माओको टोलीले मानव जातिका लागि घातक जीवमा गणना गरेको थियो। सन् १९५८ मा सुरु भएको यो अभियान पागलपन थियो भन्ने बुझ्नका लागि धेरै वर्ष कुर्नु परेन। यस अभियानको परिणाम चिनियाँ जनताका लागि अत्यन्तै घातक बनेर आउन केवल दुई वर्ष लाग्यो। 

nimb
nimb
Ncell 2
Ncell 2

माओका सल्लाहकारहरुले किसान र सर्वसाधारण जनताका दुश्मन पत्ता लगाउन सर्वेक्षण गरेका थिए। किसान र सर्वसाधारण जनताले आफूहरु लामखुट्टे, झिँगा र मुसाबाट बढी पीडित भएको बताएका थिए। विभिन्न रोग सार्ने गरेका कारण यी तीनवटा जीवविरुद्ध अभियान चलाउने निर्णय भयो। केही किसानले आफूहरु भँगेराले बाली खाएका कारण त्यसबाट पनि पीडित भएको गुनासो चिनियाँ कम्युनिष्ट पार्टीका अगुवाहरुसँग गरेका थिए। पार्टी नेताहरुले अब अन्य तीनवटा जीवसँगै भँगेरालाई पनि जोडे। यी चारवटा जीव मार्ने मान्छेलाई इनाम र पुरस्कार दिने घोषणा गरियो। 

यसमा सबैभन्दा बढी ध्यानचाहिँ भँगेरालाई दिइएको थियो। किनभने अन्य तीन वटालाई फेला पारेर मार्न अलिक अप्ठेरो पनि थियो। मानव वस्ती छेउछाउका हरिया तथा सुकेका त्यस्ता कुनै ठाउँ बाँकी राखिएनन् जहाँ भँगेराले गुँड लगाउन सकोस्। गाउँसहरमा भँगेरा र गौंथलीजस्ता साना चरा बाँकी नरहेपछि बेइजिङस्थित पोलिश राजदूतावासमा हजारौं गौंथली र भँगेरा बसेको खबर अधिकारीहरुले थाहा पाए।

दूतावासले आफ्नो कम्पाउण्ड घेराभित्र सरकारी नियम नलाग्ने बताएपछि दूतावासलाई वरिपरीबाट घेराबन्दी गरियो। लगातार दुई दिनसम्म हजारौं चिनियाँले ढोल पिटेर तर्साएपछि त्यहाँ लुकेका सबै चराको मृत्यु भयो। तेस्रो दिन हज्जारौं मरेका चरा सफाइकर्मीले सोहोरेको दृश्य अहिले पनि इन्टरनेटका श्यामश्वेत तस्बिरमा हेर्न पाइन्छ। 

यो अभियानको प्रतिफलचाहिँ चीनका लागि निकै दुखद रह्यो। १९६० देखि नै यस अभियानका दुष्परिणाम निस्कन थाले। भँगेरा, गौंथलीसँगै मारिएका चराहरु नरहेका कारण तिनले खाने गरेका कीराको संख्यामा वृद्धि भयो। यसको मात्रा यति धेरै भयो कि वस्तीमा कहिलेकाहीँ मात्र देखिने सहलजस्ता विनासकारी कीराहरु मुलुकभर बढे।

किसानका खेतमा रोपिएका अनाज र तरकारी बाली फल्ने र पाक्ने त कुरै छाडौं,उम्रनै नपाउने अवस्था आयो। पश्चिमा मिडियालाई विश्वास गर्ने हो भने चीनमा भोकमरी फैलिएर अढाइ करोड नागरिकको मृत्यु भयो। स्वयं चीनले पनि भोकमरीले केही लाख जनता मरेको स्वीकार गरेको थियो। कम्युनिष्ट शासनको एउटा बहुलठ्ठीले सुरु गरेको यो अभियानको पर्यावरणीय असन्तुलन र असर एक दशकभन्दा बढी रहेको बताइन्छ। 

एउटा घर र त्यसको संरचनाले ओगटेको क्षेत्रफल धेरै हुन्छ तर त्यसमा बस्ने मान्छे केवल एउटा परिवार। नयाँ घर बनाइँदा पुराना सभ्यता, संस्कृति अनि पर्यावरणीय सन्तुलनका लागि आवश्यक केही कुराको पनि वास्ता गरिँदैन।

पछिल्लो समयमा योजना बनाएर घोषित रुपमा कुनै जीव वा जनावरलाई लक्षित गरिएको छैन। तर, पुँजीवादी विश्वबजारको होड यो अभियानभन्दा कम घातक छैन। मान्छे कतिसम्म क्रुर हुनसक्छ भन्ने कुराका केही पछिल्ला उदाहरण हामीले आँखै अगाडि टुलुटुलु हेरिरहनुपर्ने अवस्था छ।  गत वर्ष सन् २०१९ को मध्यतिर दक्षिण अमेरिकाको अमेजन जंगलमा लामो र भयानक आगलागी सुरु भयो।

मानव फोक्सो भनिने अमेजन जंगलको महत्व यसको सौन्दर्य र भव्यता भावी पिँढीका लागि राखिदिने दायित्वका कारण मात्र होइन, अहिलेकै पुस्ताका लागि अझ बढी र प्रत्यक्ष छ। थोरै भए पनि विश्वजगतबाट यस विषयमा कुरा उठेका थिए, आगलागीका प्रारम्भिक समयमै। सहयोगका लागि अमेजन जंगलसँग जमिन जोडिएका अन्य मुलुकले वैदेशिक सहयोग मागे। 

तर, अमेजनको बढी भाग कब्जा गरेर बसेको ब्राजिलले यसलाई नितान्त आफ्नो समस्या मान्यो। आगलागी नियन्त्रणका लागि युरोपेली देशको सहयोग अस्वीकार गरेर त्यहाँका राष्ट्रपति जैर बोल्सनारो विवादित भए। ब्राजिलले न त आगलागी नियन्त्रण गर्न नै सक्यो, न त विदेशी सहयोग प्रस्ताव नै स्वीकार्‍यो। यो भवितव्यको क्षति कम गर्न सकिने अवस्था भए पनि त्यसो गरिएन। अहिले त्यहाँ २३ लाखभन्दा बढी जनावर र हजारौं जातका लाखौं दुर्लभ वनस्पति मारिएपछिको असन्तुलनका विषयमा बहस भइरहेका छन्। 

गत वर्ष नै अस्ट्रेलियाको जंगलमा भएको आगलागीमा १० करोडभन्दा बढी जनावर मरेका विवरण अए। यस घटनामा प्रत्यक्षतः कुनै मानवीय भूमिका छैन। तर, आगलागी नियन्त्रणमा आएपछिको एउटा सानो जस्तो लाग्ने क्रुर समाचार मानव जातिकै कलंकजस्तै गम्भीर थियो। विश्वभर केही दिन गम्भीर पाठकका बीच त्यो समाचार चर्चाको बिषय बन्यो। समाचार थियो–खडेरीमा बढी पानी पिएका कारण दश हजार उट गोली हानेर मारिँदैछन्। 

अहिले विकास निर्माणको होडबाजीमा मान्छे यति अघि बढेको छ कि त्यसको कुनै लेखाजोखा छैन। मान्छेले प्रकृतिमाथि विजय पाएको ठानिरहेको छ। तर, यससँगै मानव जातिका धेरै कुरा लोप भइरहेका छन्। जति नै बहस र अन्तरदेशीय कार्यक्रम गरे पनि आजको संसार आफ्नै थलो पृथ्वी र यसका अन्य वासिन्दाप्रति क्रुर बन्दै जाने काममा ब्रेकसमेत लागेको छैन। विकास निर्माण र प्रगतिका अगाडि यस्ता विषयमा कुरा गर्ने मान्छे आउटडेटेट सम्झिने परम्परा स्थापित भएको छ। वातावरण र पर्यावरणलाई कम गर्दै गर्न सकिने काम पनि गरिएका छैनन् पछिल्लो समयमा।

उदाहरणका लागि जताततै विशाल घर र नयाँ संरचनामात्र बनाइएका छन्। प्राकृतिक कुरा सबै सखाप पारिएका छन्। एउटा घर र त्यसको संरचनाले ओगटेको क्षेत्रफल धेरै हुन्छ तर त्यसमा बस्ने मान्छे केवल एउटा परिवार। नयाँ घर बनाइँदा पुराना सभ्यता, संस्कृति अनि पर्यावरणीय सन्तुलनका लागि आवश्यक केही कुराको पनि वास्ता गरिँदैन। डाँडाका डाँडा काटेर मैदान बनाइएका छन्। पानीका मुहान, स्थानीय वनस्पति र स्वाभाविकता सबै नै नष्ट गरिएका छन्।

नेपालकै कुरा गर्दा पूर्व राष्ट्रपति डा. रामवरण यादवको रोदन स्मरण गनुपर्ने हुन्छ। उनले चुरे क्षेत्रमा गरिएको दोहन निकट भविष्यमा नै देशवासी र मानव जातिकै लागि महंगो पर्ने चेतावनी दिन थालेको धेरै वर्ष भइसकेको छ। उनको यो बारम्बारको चेतावनी सुन्ने नेपालमै त कोही छैन भने अहिले सिंगो विश्व नै यही गतिमा दौडिरहेछ। यस टिप्पणीमा वातावरण र पर्यावरणका विभिन्न आयाम र असरका चर्चा होइन, बेवास्ताका केही बुँदामात्र टिपोट गरिएका हुन्। र, पूर्व राष्ट्रपति यादव एक प्रतिनिधि पात्रमात्र हुन्, सानो स्वरले विरोध गर्ने आममानवका। 

भारतीय बाबाहरुले पटकपटक दाबी गरेको एउटा लगभग सत्य उदाहरण यहाँनेर पठनीय होला। करिब डेढ दशकअघि भारतीय उपमहाद्वीपमा आएको सुनामीमा एउटा पनि ठूला जनावर र पंक्षी मारिएनन्। जमीनमा बस्ने स–साना जनावर पनि निकै कमले मात्र ज्यान गुमाए।

मान्छे बाँच्नका लागि बढी नै विनासकारी बनिरहेको छ।  पूर्वीय सभ्यताका ऋषिमुनिहरु काल्पनिक हैनन् भने तिनको जीवन जंगलमा रहेर पनि उन्नत थियो। अहिले विज्ञानले पछिल्ला दुई शताब्दीमा प्रमाणित गरिरहेका धेरै बिषय उही समयमा तिनकै अग्रतामा मानव सभ्यताले पाइसकेको थियो। ऋषिमुनिलाई काल्पनिक मान्ने हो भने अझै पनि धर्तीमा कतैकतै आदिवासीहरु जीवित छन्। तिनको जीवन आधुनिक मान्छेका लागि कुरीकुरी गरिरहेको हुन्छ। कुन हदसम्मको ध्वंस गर्ने भन्ने हेक्का तिनलाई प्रकृतिले सिकाएर पठाएको छ।

भारतीय बाबाहरुले पटकपटक दाबी गरेको एउटा लगभग सत्य उदाहरण यहाँनेर पठनीय होला। करिब डेढ दशकअघि भारतीय उपमहाद्वीपमा आएको सुनामीमा एउटा पनि ठूला जनावर र पंक्षी मारिएनन्। जमीनमा बस्ने स–साना जनावर पनि निकै कमले मात्र ज्यान गुमाए। त्यही बेला केही आदिवासीहरु, जसले अन्य जीवको भाषा बुझ्थे, ती बाँचे। आधुनिक भनिने मान्छेले सुनामीमा ज्यान गुमाए। प्रकृतिसँगको सम्बन्ध जति टाढा भयो, त्यति नै मान्छे असुरक्षित बन्दैछ। लाखौं वर्ष बसेको धर्तीमा ऊ अब बढी आधुनिक भएर पृथ्वीलाई चिन्ने र बुझ्ने मामिलामा एक्लो बन्दै त छैन?

वैज्ञानिकहरु वर्तमान विश्वको यस गतिसँग पटक्कै सहमत देखिएका छैनन्। दुई वर्षअघि दिवंगत भएका बिसौं र एक्काइसौं शताब्दीकै महान वैज्ञानिक स्टेफन हकिन्सले पनि पटक–पटक आफ्ना सोध र निस्कर्षमा मानव जाति खतरामा परेको चेतावनी दिए। उनले यसको समाधान सुझाउन नसके पनि मूलतः मानवीय गतिविधिकै कारण मानव भविष्य खतरामा परेको बताइरहे। उनका उत्तराधिकारीहरु अहिले हकिन्सको चेतावनीमा गम्भीर भएर काम गरिरहेका छन्। एउटा झिनो आशाका रुपमा ब्रम्हाण्डमा हामीभन्दा खर्बौं  किलोमिटर र हजारौं, लाखौं प्रकाश वर्ष टाढा रहेका विभिन्न पिण्डहरुमा आज जीवनको सम्भाव्यता खोजिँदैछ।

तर, यस खोजमा पनि दैवी चमत्कार शैलीले केही नभएसम्म परिणाम निस्कने देखिँदैन। अन्य मानव सभ्यताको खोज र वैकल्पिक घरका खोज पढ्न–बुझन मीठो समाचार मात्र बनिरहने देखिन्छ। तर, यही बीचमा पनि मान्छे किन अहिले भइरहेको घर सुन्दर बनाउने काम गरिरहेको छैन? किन दिनैपिच्छे यसलाई अझ बिगार्ने काममात्र गरिरहेको छ? त्यसका लागि मानव जातिमा ठूलै संकट नआइकन नचेत्ने नै हो? लाग्छ, यसका लागि अहिलेका नयाँ रोग, अहिलेसम्मका प्राकृतिक प्रकोप र धर्तीले दिएको हलुका चेतावनी पर्याप्त छैन। सबै मान्छेलाई लाग्ने एकै झड्काको पर्खाइमा हो र हामी?

(कवि तथा पत्रकार गौतम हाल युरोप बस्छन्।)

 

प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  १४:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पदम गौतम
लेखकबाट थप
किन यस्ता भए नेपालका वामपन्थीहरू?
'विश्रामपुर'का दुई अंश : 'नखानेलाई अण्डा, भोकालाई टमाटर' र 'माई किनारका वामे दाइ'
ओलीको अन्तर्वार्ता र अबको बाटो 
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व मंगलबार, भदौ २, २०८३
ललितपुर अदालतले दिएन श्रेष्ठलाई पक्राउ अनुमति मंगलबार, भदौ २, २०८३
सदनमा झोक्किइन ज्वाला–‘प्रश्न कालो चस्मामाथि होइन, प्रतिपक्षीको कालो नियतमाथि हो’ मंगलबार, भदौ २, २०८३
बागमती एमालेमा सहमति, मुख्यमन्त्रीमा किरण थापालाई अघि सार्ने निर्णय मंगलबार, भदौ २, २०८३
भारतीय स्थल सेनाध्यक्ष सेठद्वारा कमाण्ड तथा स्टाफ कलेजको भ्रमण मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्