• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सूचना-प्रविधि

सरकारी वेब पोर्टल असुरक्षित

64x64
नेपाल लाइभ शनिबार, फागुन १०, २०७६  २१:५०
1140x725

धनगढी- नेपालका सरकारी आधिकारिक पोर्टलहरूमध्ये अधिकांश असुरक्षित छन्। सञ्चार प्रविधि विज्ञहरूका अनुसार सेकुअर सकेट लेयर (एसएसएल) सर्टिफिकेट प्रयोग नगरिएकाले अधिकांश वेब पोर्टल असुरक्षित रहेका हुन्।

संघीय सरकार, सुदूरपश्चिम प्रदेशलगायतका सबै प्रदेश सरकार र स्थानीय सरकारहरूका वेव पोर्टलहरूमा वेव सुरक्षाका लागि एसएसएल सर्टिफिकेट प्रयोग गरिएको छैन।

नेपाल सरकारको वेब पोर्टल (डब्लुडब्लुडब्लु डट नेपाल डट जिओभी डट एनपी) सेक्युरिटी लक नभए पनि मन्त्रालयहरूको वेब साइटमा भने सेक्युरिटी लक रहेको छ। तर सातवटै प्रदेश सरकारका वेब पोर्टल र प्रदेश मन्त्रालयहरूको वेबसाइटमा सेक्युरिटी लक प्रयोग गरिएको देखिँदैन। 

त्यसैगरी, नेपालका अधिकांश स्थानीय सरकारका वेबसइटमा पनि एसएसएल सर्टिफिकेट प्रयोग गरी सेक्युरिटी लक राखिएको पाइँदैन।

संघीय सरकार र प्रदेश सरकारका वेब पोर्टल, प्रदेश मन्त्रालय र स्थानीय तहका वेब साइट खोल्नेबित्तिकै माथिल्लो दायाँ कुना (डोमाइन) मा अंग्रेजीमा ‘नट सेकुअर’ लेखेको पाइन्छ।

संघीय सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका कम्प्युटर इन्जिनियर प्रवेश कोइरालाका अनुसार सेक्युरिटी लक प्रयोग नगरिएको वेबसाइटमा राखिएका डाटा बीचमा अरु कसैले थाहा पाउन सक्ने, त्यसलाई फेरबदल गर्न सक्ने र लुकाइदिने खतरा हुन्छ।

कम्प्युटर इन्जिनियर कोइरालाले एसएसएल सर्टिफिकेटले वेबसाइटको आइडेन्टीटी ग्यारेन्टी दिने गरेको बताए। उनले सेक्युरिटी लक नभएको वेब साइटको आइडेन्टीटी ग्यारेन्टी नहुने भएकाले विश्वास गर्न नसकिने बताए।

कम्प्युटर इन्जिनियर कोइरालाले भने‚ ‘सेक्युरिटी लक नभएको वेबसाइट ह्याक हुने सम्भावना बढी हुन्छ। यस्ता खालको वेब साइटलाई ह्याकरहरूले सजिलै ह्याक गरेर डाटा चोर्न र बिगार्न सक्ने खतरा बढि हुन्छ। त्यही भएर नेपाल सरकारले हरेक सरकारी वेब पोर्टलहरूमा अनिवार्य रुपमा एसएसएल सर्टिफिकेट प्रयोग गर्ने कानुनी व्यवस्था गरेको छ।’

Ncell 2
Ncell 2
nimb
nimb

उनका अनुसार महत्वपूर्ण डाटा राख्ने वेब पोर्टलमा एसएसएल सर्टिफिकेट प्रयोग गर्न अति आवश्यक हुन्छ। यसले वेब पोर्टलमा राखिएका डाटालाई सुरक्षित राख्न ठूलो भूमिका निर्वाह गर्छ। 

सामान्य सूचना तथा जानकारी राख्ने वेब पोर्टलमा एसएसएल सर्टिफिकेट प्रयोग नभए पनि खासै असर नपर्ने, तर संवेदनशील तथा महत्वपूर्ण डाटा राखिने वेब पोर्टल तथा सरकारी वेव पोर्टलहरूमा एसएसएल सर्टिफिकेट प्रयोग नगर्नु गम्भीर त्रुटी भएको कम्प्युटर इन्जिनियर कोइराला बताउँछन्।

उनले भने‚ ‘सामान्यतया बैंक तथा वित्तीय संस्था र कर्पोरेट हाउसहरूको वेब पोर्टलहरूमा एसएसएल सर्टिफिकेट अनिवार्य रुपमा प्रयोग गर्ने चलन रहेको छ। त्यस्तै, समाचार तथा सूचना प्रकाशन गर्ने अनइन मिडियाले समेत विश्वसनीयताका लागि एसएसएल सर्टिफिकेट प्रयोग गर्न आवश्यक हुन्छ। 

कम्प्युटर इन्जिनियर कोइरालाका अनुसार एसएसएल सर्टिफिकेट प्रयोग गरेको वेब पोर्टलमा सेक्युरिटी लक देखिएको अवस्थामा जुन नामको वेब साइट छ, त्यसैको हो भन्ने ग्यारेन्टी हुन्छ।

उनले भने‚ ‘तर, यदि सेक्युरिटी लक छैन भने त्यस्ता वेबसाइटमा आफ्नो कुनै पनि महत्वपूर्ण तथा गोप्य जानकारी (पासपोर्ट नम्बर, बैंक खाता नम्बर, एटिएमको पिन, इमेल, मोबाइल फोन नम्बरलगायत) इन्टर गर्नुहुदैन।

यदि लापरवाही गरेर त्यस्ता सामग्री इन्टर गरेमा कुनै पनि बेला दुर्घटना हुनसक्छ।

उनले एसएसएल सर्टिफिकेट प्रयोग नभएको वेब पोर्टलमा पनि महत्वपूर्ण जानकारीहरू राख्न नहुने र त्यस्ता वेब पोर्टलमा राखिएका सामाग्रीहरूको विश्वास समेत गर्न नहुने उनले बताए।

सरकारी वेब साइटमा बजेट, कार्यक्रम, ऐन, कानुन, सूचना, कार्यविधि, प्रोफाइललगायतका महत्वपूर्ण जानकारीहरू राख्ने गरिएका छन्।

यसरी सेक्युरिटी लक गर्न एसएसएल सर्टिफिकेट प्रयोग नभएको वेब पोर्टलमा राखिएको सरकारी बजेट, कार्यक्रम, ऐन, कानुन, सूचना, कार्यविधि, प्रोफाइललगायतका महत्वपूर्ण जानकारीहरू ह्याकरले आफूअनुकुल परिवर्तन गर्नुका साथै हटाइदिन सक्ने वा बिगारिदिने खतरा हुन्छ।

सुदूरपश्चिमको डोमाइन सच्याइएन
सुदूरपश्चिम प्रदेश सरकारको वेब पोर्टलको डोमाइन अझै सच्चाइएको छैन। प्रदेशको नामाकरण नहुनुअघि बनाइएको सुदूरपश्चिम प्रदेश सरकारको डोमाइन डब्लुडब्लुडब्लु डट पि सेभेन डट जिओभी डट एनपी बनाइएको थियो। 

प्रदेशको नामाकरणअघि सुदूरपश्चिम प्रदेशलाइ प्रदेश नम्बर ७ भनिएकाले सोही नामले डोमाइन बनाइएको थियो। तर, प्रदेशको नामाकरण भएको डेढ वर्ष बितिसक्दा पनि डोमाइन भने पुरानै रहेको देखिँदैछ। 

सुदूरपश्चिम प्रदेशपछि नामाकरण भएका बागमती र गण्डकी प्रदेशले आफ्नो वेब साइट डोमाइन सच्याइसकेका छन् भने विकासमा सुदूरपश्चिम भन्दा पछि रहेको भनिएको कर्णाली प्रदेशले पनि डोमाइन सच्याएको छ।

संघीय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार जिओभी डट एनपी नामको डोमाइन सरकारी कार्यालयहरूलाई राष्ट्रिय सूचना प्रविधि मन्त्रालयले दिने गरेको छ।

सो डोमाइन पाएका सरकारी कार्यालयहरूमध्ये कतिपयले कन्सल्टेन्ट हायर गरेर वेब पोर्टल डिजाइन गर्ने गरेका छन् भने कतिपयले गभरमेन्सियल इन्फरमेशन एण्ड डाटा सेन्टरबाट वेब डिजाइन गराउने गरेका छन्।
 

प्रकाशित मिति: शनिबार, फागुन १०, २०७६  २१:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नुवाकोटमा विद्युत् आपूर्ति ९० प्रतिशत पुनःस्थापित
कृष्णभीरमा सडक भासिएको ८२ घण्टापछि डाइभर्सन निर्माण सुरु
एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा
सम्बन्धित सामग्री
सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोर–जी सेवा कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा आजदेखि ४जी सेवा सुरु भएको हो। शुक्रबार, भदौ ५, २०८३
एक दशकपछि इन्स्टाग्रामको लोगोमा परिवर्तन सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्रामले १० वर्षपछि आफ्नो वर्डमार्क लोगोमा परिवर्तन गरेको छ। मेटाको स्वामित्वमा रहेको इन्स्टाग्रामले... शनिबार, साउन ३०, २०८३
चीनका कार्यस्थलमा ह्युमानोइड रोबोटको प्रवेश, उत्पादन क्षेत्रमा माग बढ्दो इन्धन भर्ने रोबोट ग्यास स्टेसनमा पठाउनुअघि अन्तिम चरणको परीक्षण गरिरहेको छ । फोशानको एउटा सेवा केन्द्रमा यस्तै एउटा रोबोटले यसअघि नै... सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
नुवाकोटमा विद्युत् आपूर्ति ९० प्रतिशत पुनःस्थापित बिहीबार, भदौ १८, २०८३
कृष्णभीरमा सडक भासिएको ८२ घण्टापछि डाइभर्सन निर्माण सुरु बिहीबार, भदौ १८, २०८३
एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा बिहीबार, भदौ १८, २०८३
हेटौँडाबाट दैनिक १०० ट्रक एलपी ग्यास काठमाडौं पठाउने तयारी बिहीबार, भदौ १८, २०८३
आज चार वटा संसदीय समितिको बैठक बस्दै बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
सदनमा प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रचण्डको प्रश्न– ‘यहाँ आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ, यो के तरिका हो ?’ बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्