राजविराज– सप्तरीमा फागुन १९ देखि सातौं राष्ट्रिय लोकेन्द्रकुमार श्रेष्ठ स्मृति जुडो प्रतियोगिता हुने भएको छ।
राष्ट्रिय जुडो संघ र सप्तरी जिल्ला जुडो संघले संयुक्त रुपमा प्रतियोगिता आयोजना गर्न लागेका हुन्। प्रतियोगितामा आयोजक सप्तरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित २४ टिमको सहभागिता रहने जिल्ला जुडो संघका सचिव पंकज गुप्ताले बताए।
काठमाण्डौं, ललितपुर, भक्तपुर, नुवाकोट, कास्की, धनुषा, मोरङ, सुनसरी, झापा, पर्सा, वारा, सिरहा, उदयपुर, बाके, बर्दिया, इलाम, रसुवा कंचनपुर, कैलाली, गोरखाबाट टिम प्रतियोगितामा सहभागी हुने छन्। प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको गुप्ताले बताए।
प्रतियोगिता सम्पन्न गर्न करिब ११ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। आयोजकका अनुसार प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश शिलवालले गर्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।