काठमाडौं– दुर्गा कार्कीको प्रथम कृति ‘कुमारी प्रश्नहरु’ सार्वजनिक भएको छ। पब्लिकेसन नेपालयद्वारा प्रकाशित उक्त पुस्तक बेलायती राजदूत निकोला पोलिट, पत्रकार अमित ढकाल र लेखकले संयुक्त रुपमा विमोचन गरेका हुन्।
कार्यक्रममा राजदूत पोलिटले नेपाली साहित्यमा महिलाको बढ्दो सहभागिताले आफू उत्साहित भएको बताइन्। उनले बेलायतमा पनि जर्ज एलिटजस्ता महिला लेखकले पुरुषका नाममा लेख्ने गरेको सन्दर्भ उल्लेख गर्दै महिलालाई महत्वका साथ नहेरिए साहित्यको मैदान अनुभूति बेगरको मरुभूभि बन्ने बताइन्।
कार्यक्रममा पत्रकार ढकालले दुर्गाको लेखनीमा विशेष शैली रहेको भन्दै त्यसमार्फत् उनले उठान गरेका हरेक विषयवस्तुले नविन जीवन पाउने र त्यही नविनता तथा गुरुत्व उनको कथा सँग्रहमा पनि छर्लङ्ग देखिने बताए।
पुस्तकका बारे बोल्दै लेखक कार्कीले पात्रका भावनामार्फत् समाजका विविध पक्षलाई केलाउने मौका पाएको बताइन्।
पुस्तक नेपालका अधिकांश पुस्तक बिक्रेताका साथै एमेजन डट कममार्फत् संसारभर उपलब्ध हुने जनाइएको छ। ‘कुमारी प्रश्नहरू’को मूल्य ४ सय २५ रुपैयाँ तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।