• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

चीनको ‘गैरकूटनीतिक’ पाइला

64x64
रामकुमार डिसी शुक्रबार, फागुन ९, २०७६  १५:४२
1140x725

काठमाडौं–कूटनीतिमा बोली र भावभङ्गीको संवेदनशीलता अथ्र्याउने फ्रेन्च राजनीतिज्ञ एवं कूटनीतिज्ञ ट्यालीर्‍याण्डको एउटा भनाइ निकै चर्चित छ। उनले भनेका छन्, ‘एक कूटनीतिज्ञ जो हुन्छ भन्छ त्यसको अर्थ हो सायद, एक कूटनीतिज्ञ जो सायद भन्छ त्यसको अर्थ हो हुँदैन र एक कूटनीतिज्ञ जो हुँदैन भन्छ त्यो कूटनीतिज्ञ नै होइन।’

कूटनीति र कूटनीतिज्ञको सीमालाई उनको यो भनाइले एक हिसाबले सैद्धान्तिकृत गरेको छ। तर, कहिलेकाहीँ यस्ता सीमाहरु शक्ति राष्ट्रका कूटनीतिज्ञले नाघ्ने गरेका छन्। विरलैमात्र विवादमा आउने र नेपाली नागरिकहरुबाट पर्याप्त मात्रमा सहानुभूति पाइरहेको उत्तरी छिमेकी चीन पछिल्लो समय ‘एग्रेसिभ’ देखिन थालेको छ। 

त्यसको पछिल्लो झलक अंग्रेजी अखबार ‘द काठमाण्डू पोष्ट’ले छापेको एउटा आलेखप्रति काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएको ‘रुखो र धम्किपूर्ण’ प्रतिक्रिया हो। 

‘द काठमाण्डू पोष्ट’ले फागुन ६ गते मंगलबारको आफ्नो विचार पृष्ठमा एकजना अमेरिकी सुरक्षा तथा विदेश मामिला विज्ञको लेख छाप्यो। आफूआबद्ध एसिया न्यूज नेटवर्कको साझेदार कोरियन हेराल्ड पत्रिकाबाट लिएको उक्त आलेखको शीर्षक थियो– ‘चाइना सेक्रेसी ह्याज मेड कोरोनाभाइरस क्राइसिस मच वर्स’।

त्यसप्रति चिनियाँ दूतावासले आलेख छापिएकै दिन आफ्ना नेताको अपमान गरेको भन्दै कडा शब्दमा आपत्ति जनायो जसमा सम्पादकको नामै तोकेर ‘आक्षेपयुक्त र धम्किपूर्ण’ शब्दावली प्रयोग गरिएको छ। 

‘काठमाडौं पोस्टका प्रधानसम्पादक चीनसँग सम्बन्धित विषयमा जहिल्यै पूर्वाग्रही हुनु दुखद् हो,’ विज्ञप्तिमा भनिएको छ, ‘यसपटक उनी केही चीनविरोधी समूहको सुँगा भएका छन्।’ विज्ञप्तिमा ‘थप कदम चाल्न सक्ने अधिकार दूतावाससँग सुरक्षित रहेको’ समेत उल्लेख गरिएको छ।

राजदूतले परराष्ट्र मन्त्रालयलाई चिठ्ठी लेखेर फलानो समाचारमा हाम्रो ध्यानाकर्षण भयो भन्नसम्म मिल्ने कुरामा उक्त अखबारले नेपाल राज्यको धारणा प्रतिनिधित्व गर्नेजसरी नामै तोकेर विज्ञप्ति आएपछि त्यसले नेपालमा व्यापक विवाद सिर्जना गरेको छ। 

चीनको राजनीतिक प्रणाली उसको विशुद्ध आन्तरिक मामिला मान्दै नेपाली सञ्चारमाध्यमले त्यसप्रति खासै प्रश्न उठाएका छैनन्। पश्चिमा देशहरु र मिडियाले अनेक कोणबाट त्यहाँको राजनीतिक प्रणालीमाथि प्रहार गर्न लागि परेको कुरा घामजस्तै छ। एउटा छिमेकीको संवेदनशीलता बुझेरै नेपाली मिडियाले यसमा भद्रता अपनाएको देखिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यसरी नै चीनले पनि नेपाल एउटा खुला समाज भएको र यहाँका मिडिया त्यही खुलापनमा हुर्किएको तथ्यलाई बिर्सिनुहुँदैनथ्यो। बन्द समाज र राज्यनियन्त्रित मिडियामात्रै रहेको चीनमा त्यहाँको जस्तै यहाँका मिडिया सरकारको मुखपत्र हुन् भन्ने व्यवहार गर्नु चिनियाँ दूतावासको कमजोरी हो। 

एउटा मिडियामा आएको एउटा समान्य विचारलाई राज्य बोलेजस्तो ठानेर प्रतिक्रिया जनाउनुभन्दा कूटनीतिक मर्यादाभित्रै रहेर भद्र तरिकाले त्यसमा असहमति चीनले राख्नुपथ्र्यो। 

त्यस्तो नदेखिएपछि काठमाडौंका प्रमुख सञ्चारमाध्यमका सम्पादकहरुले संयुक्त विज्ञप्ति निकालेर ‘दूतावासले कूटनीतिक मर्यादा नाघेको’ बताएका छन्। त्यस्तै नेपाल पत्रकार महासँघले पनि स्वतन्त्र सञ्चारमाध्यममाथि हस्तक्षेप भएको भन्दै विरोध गरेको छ। 

बढ्दो चिनियाँ शक्तिलाई कतिपयले चिनियाँ संस्कृतिको एउटा मिथक ‘चिनियाँ ड्रयागन’का रुपमा तुलना गर्ने गरेका। यसअघि त्यही फोटो प्रयोग गरेर विभिन्न अन्तर्राष्ट्रिय मिडियामा आइसकेको सामग्रीप्रति यो हदसम्मको प्रतिक्रियालाई चीनले अब पहिले जस्तो शान्त कूटनीति छाडिसकेको कतिपय कूटनीतिज्ञ बताउँछन्। 

‘यो त कूटनीतिक छुद्रता नै हो,’ नाम उल्लेख गर्न नचाहने एक कूटनीतिज्ञ भन्छन्, ‘एउटा अखबारमा आएको कुरालाई देशको दृष्टिकोणजस्तै ठानेर व्यवहार गर्नु कूटनीतिक मर्यादाभित्रको काम पनि होइन।’

कूटनीतिज्ञ डा. दिनेश भट्टराई चीनले अपनाएको राजनीतिक प्रणाली उसको आन्तरिक कुरा भएको भन्दै त्यसप्रति टिप्पणी गर्नु उपयुक्त नुहने बताउँछन्। 
‘त्यहाँको राजनीतिक प्रणालीमाथि आक्रमण गरिएको छ,त्यो समाचारमा,’ भट्टराई भन्छन्, ‘राजनीतिक प्रणालीसम्म पुग्नु पनि हाम्रो ‘कोड’मा पर्दैन। ठिक छ, हामी कम्युनिज्म मान्दैनौं, कम्युनिष्ट सिस्टम मान्दैनौं तर हामी त्यसमा कमेन्ट गर्दैनौं। कुन राजनीतिक प्रणाली छान्ने भन्ने त्यहीँका जनताको सार्वभौम अधिकार हो। त्यस कारण हामी त्यसमा बोल्दैनौं।’

यद्यपि उनी सम्पादकको नामै किटेर धम्की दिनुचाहिँ ‘अलिकति बढी’ नै भएको बताउँछन्। भन्छन्, ‘नेपाल अलि कमजोर छ, नेपाललाई अलि हेप्न सकिन्छ भन्ने पनि भयो नि। नेपालका सम्पादकलाई नै धम्की दिनु अलिकति बढी भयो कि?’ 

कूटनीतिक मामिला विश्लेषक टीका ढकाल चिनियाँ राजदूतावासले सम्पादकलाई उल्लेख गरेरै वक्तव्य निकाल्ने अवस्था आउनु चिन्ताको विषय भएको बताउँछन। ‘चिनियाँ राजदूतावासले एक मुख्य दैनिक समाचारपत्रका सम्पादकलाई उल्लेख गरेरै वक्तव्य निकाल्ने अवस्था आउनु चिन्ताको विषय हो,’ ढकालले ट्वीटरमा लेखेका छन्,‘नेपाल र  चीनबीच साथ र सहयोग अपरिहार्य छ। कोरोनाभाइरससँग लड्न चीनले देखाएको तदारुकता अन्यत्र विरलै देखिने स्तरको छ।’

कोरोना संकटलाई भूराजनीतिक अस्त्र बनाउने कार्य गलत भएको उनको भनाइ छ। ‘जसरी बेइजिङमा पानी पर्दा काठमाडौंले छाता ओढोस् भन्ने चाहना बिल्कुल गलत र अस्वाभाविक छ, त्यसरी नै कोरोना संकटलाई भूराजनीतिक अस्त्र बनाउने कार्य रोकौं,’ ढकालले लेखेका छन्। 

माओकै विषयले पहिले पनि निम्त्याएको थियो विवाद
माओकै विषयले यसअघि पनि चीन–नेपाल सम्बन्धमा चिसोपना ल्याएको थियो। २९ जेठ ०२४ मा राजा महेन्द्रको ४८ औँ जन्मोत्सव चल्दै थियो। त्यही अवसरमा काठमाडौंको भृकुटीमण्डपमा आयोजित मेलामा चिनियाँ प्रदर्शन कक्षमा माओको ठूला तस्बिर राखिएको तर महेन्द्र नराखेको भन्दै राजा पक्षधर विद्यार्थीहरूले तोडफोडमा मच्चाए। त्यसक्रममा चिनियाँ दूतावासको जिप फोडियो भने नेपाल–चीन मैत्रीसंघको पुस्तकालयमा आगो लगाइयो।

त्यसबेला पनि चीनले कडा विरोधपत्र पठाएको थियो। त्यसका ‘साम्राज्यवादी, संशोधनवादी र प्रतिक्रियावादीहरूले यस्तो कार्य गरेर आफ्नै खप्पर फुटाउने काम गरेको हुँदा तिनको पछि लाग्नेले कडा नतिजा बेहोर्ने’ चेतावनी विरोध पत्रमा थियो। यसले नेपाल–चीन सम्बन्ध चिसोपना ल्यायो। 

चीनसँग चिसिएको सम्बन्धमा न्यानोपना ल्याउन नेपालले गरेको तारन्तारको प्रयासपछि मात्रै  बेइजिङले १९ जेठ ०२५ मा वक्तव्य निकाल्दै ‘नेपालसँग पारस्पारिक सौहार्दता वृद्धि भएको’ उल्लेख गर्‍यो। 

प्रचण्डलाई अप्ठेरोमा पारेको त्यो चिनियाँ कूटनीति
चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको वातावरण बनाउन गत भदौ अन्तिम साता चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आए। नेपालको तीन दिने औपचारिक भ्रमणमा आएका वाङ स्वदेश फर्किएको केही समयपछि चिनियाँ विदेश मन्त्रालयले प्रचण्डसँग वाङको भेटबारे एउटा विज्ञप्ति जारी गर्‍यो। 

विदेशमन्त्री वाङको नेपाल भ्रमणबारे शृंखलाबद्ध विज्ञप्ति जारी गरेको चीनले वाङसँगको भेटमा प्रचण्डले अमेरिकाले अघि सारेको ‘इन्डो प्यासेफिक रणनीति’लाई नेपालले अस्वीकार गर्ने बताएको उल्लेख गरेको थियो। 

‘नेपाल असंलग्न नीतिमा अडिग छ र तथाकथित इन्डो प्यासेफिक रणनीति अस्वीकार गर्छ,’ प्रचण्डलाई उद्धत गर्दै विज्ञप्तिमा भनिएको थियो, ‘चीनको विकास रोक्ने कुनै पनि कदमको विरोध गर्छ र चीनको विकास नेपालका लागि अवसर हो भन्ने सधैं विश्वास गर्दछ। नेपाल चीनको सफलताको अनुभव सिक्न चाहन्छ।’

द्विपक्षीय भेटघाटमा गरेको संवेदनशिल कुराकानीलाई नै चीनले सार्वजनिक गरिदिएपछि प्रचण्ड विवादमा तानिएका थिए। कतिपय कूटनीतिज्ञले यसलाई चीनको गैरकूटनीतक व्यवहार भनि टिप्पणी गरेका थिए। 

चीन दिइरहन्छ दबाब 
चीनले अन्य धेरै कुरामा भित्रीरुपमा दवाब दिने गरेको छ। सम्पत्ति शुद्धीकरणका मुद्दामा चिनियाँ पक्राउ पर्नेबित्तिकै उनीहरुलाई छुटाउन दबाब दिने गरेको विशेष अदालतका एकजना पूर्वन्यायाधीश बताउँछन्। 

‘सम्पत्ति शुद्धीकरणमा पक्राउ परेका चिनियाँहरु आफ्ना नागरिक छुटाउन दबाब दिन्छन्,’ उनी भन्छन्, ‘यो अहिलेमात्रै होइन पहिलेदेखिकै हो,’ सुडान घोटाला प्रकरणमा मुछिएका यु लिसियाङ्गलाई छुटाउन पनि चीनले निकै शक्ति प्रयोग उनी बताउँछन् । 

गत डिसेम्बर २३ मा १२२ चिनियाँ नागरिकहरूलाई  विभिन्न किसिमका आपराधिक गतिविधिमा संलग्न भएको भन्दै काठमाडौंमा पक्राउ गरियो। करिब दुई हप्ता अनुसन्धान गरेपछि नेपाल प्रहरीले उनीहरूमाथि कुनै अभियोग नलगाई अध्यागमन विभागमा बुझायो।

पछि चीनले विमान नै चार्टर गरेर आफ्ना नागरिकलाई फिर्ता लियो। कुनै अपराधमा संलग्न भएको अभियोगसमेत लगाउन नमिल्नेलाई चीनकै दबाबमा फक्राउ गरिएको भन्दै धेरैले त्यसको विरोध गरेका थिए। 

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०७६  १५:४२
  • #चीन
  • #कूटनीतिक

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रामकुमार डिसी
नेपाल लाइभका वरिष्ठ संवाददाता डिसी परराष्ट्र, रक्षा तथा राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फर्किएनन् द्वन्द्वकालमै हराएका आफन्त
नेपाली भूमिमा भारतको सडक : दलपिच्छे विज्ञप्ति, नेतापिच्छे बोली
कालापानी : विज्ञप्तिपछिको विकल्प के?
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले हालैको दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भारत हुने र यस वर्षको अन्त्... सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्