काठमाडौं- स्पेनिस क्लब रियल मड्रिडका मिडफिल्डर क्यासेमिरोले ब्राजिलियन स्टार नेयमारलाई आफ्नो क्लबमा ल्याउन चाहेको बताएका छन्।
स्पेनिस पत्रकार जोस रेमन डि ला मोरेनासँगको कुराकानीमा क्यासेमिरोले आफ्ना साथी नेयमारलाई रियल मड्रिडमा चाएको बताएका हुन्। आउने सिजनबाट नेयमार रियलमा जोडिने पनि क्यासेमिरोले अपेक्षा राखेका छन्।
क्यासेमिरोले पत्रकारसँग कुराकानी गर्दै भने, ‘म नेयमार रियल मड्रिडमा आएको हेर्न चाहन्छु। मैले लगभग दिनदिनै उनलाई भनि रहेको हुन्छु। नेयमार कुशल खेलाडी हुन्।’
नेयमार र क्यासेमिरो दुबै ब्राजिलियन स्टार खेलाडी हुन्। क्यासेमिरो स्पेनिस क्लब रियल मड्रिडबाट खेल्दा नेयमार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा छन्। २०१७ देखि बार्सिलोना छोडेर पिएसजी पुगेका नेयमार पनि पछिल्लो समयमा त्यति सन्तुष्ट छैनन्। गत सिजन नै नेयमारलाई अनुबन्धित गर्नका लागि ठूला क्लबहरुले दौडधुप गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।