काठमाडौं- स्कटल्यान्डका ओपनिङ ब्याट्सम्यान जर्ज मुन्से पोखरा राइनोजबाट एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्।
पोखराले बिहीबार विज्ञप्ति जारी गर्दै आफ्नो टिमबाट मुन्सेले खेल्ने भएको उल्लेख गरेको हो। योसँगै पोखराले आगामी संस्करणको इपिएलमा विश्वका चर्चित अनुहारलाई त्रिवि क्रिकेट मैदानमा उतार्ने भएको छ।
यसअघि वेष्ट इन्डिजका ‘युनिभर्सल बोस’ क्रिस गेल र वेष्ट इन्डिज कै केस्रिक विलियम्सलाई पोखराले आफ्नो टिममा भित्र्याएको थियो।
मुन्सेले २५ एकदिवसीय र ३८ टि–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन्।
इपिएल आउँदो चैत १ गतेदेखि १५ गतेसम्म त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुँदैछ।
पोखरा राइनोजबाट खेल्ने यी हुन् नेपाली खेलाडी
बिनोद भण्डारी, सुनिल धमला, किशोर महतो, सुशन भारी, बिक्रम शोब, विपिन कार्की, नन्दन यादव, लोकेश बहादुर बम, देव शाह, ऋत गौतम, विपिन रावल, पृथु बास्कोटा र विवेक कुमार यादव।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।