एजेन्सी– आइपिएल टिम दिल्ली डेयरडेभिल्सका प्रशिक्षक रिकी पोन्टिङले नेपालका युवा लेगस्पिनर सन्दीप लामिछाने प्रतिभावान युवा क्रिकेटर बताएका छन्। आगामी शनिबारदेखि सुरु हुने आइपिएल अघि दिल्लीले बिहीबार गरेको पत्रकार सम्मेलनमा पोन्टिङले सन्दीपबारे प्रतिक्रिया दिएका हुन्।
पत्रकार सम्मेलनमा कप्तान गौतम गम्भिर र सिइओ हेमन्त दुवासहित उपस्थित भएका पोन्टिङले सन्दीप पहिलो रोजाइमा पर्ने सम्भावना रहेको समेत बताए।
पत्रकार सम्मेलनमा उपस्थित कान्तिपुर दैनिकका पत्रकार सुरेशराज न्यौपानेले सन्दीप पहिलो रोजाइमा पर्ने सम्भावनाबारे प्रश्न गरेका थिए। जवाफमा पोन्टिङले सन्दीप क्षमतावान् युवा तथा प्रतिभावान स्पिनर रहेको बताए। सन्दीपले दिनभर अभ्यास गरेको र आफुलाई निखार्दै लगेको पोन्टिङको भनाइ छ।
'उनी हाम्रो टिमको राम्रा बलर हुन्। यदि केहि खेल्न नसक्ने भएमा उनी सहि विकल्प हुन सक्छन्, ' पोन्टिङले भने।

सन्दीप चाहिएको बेला बलिङ गर्ने खेलाडी भएकाले टिममा रहेका सवै खेलाडी जस्तै उनी पहिलो रोजाइमा पर्ने सक्ने पोन्टिङको भनाई छ।
सन्दीपको टिम दिल्लीले पहिलो खेल आइतबार किंग्स इलावेन पञ्जावसँग खेल्नेछ। पञ्जावको घरेलु मैदानमा हुने खेल दिउँसो साढे ४ बजे सुरु हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।