काठमाडौं- विश्व वरीयतामा नेपाल यथावत रहेको छ। विश्व फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको विश्व वरीयतामा नेपाल १७०औं स्थानमा यथावत रहेको हो।
दक्षिण एसियामा भने नेपाल तेस्रो स्थानमा छ। नेपाल भन्दा माथि विश्व वरीयतामा भारत १०८ औं स्थानमा हुँदा माल्दिभ्स १५५ औं स्थानमा छन्। त्यस्तै, बंगलादेश १८७ औं स्थानमा र भुटान १८९ औं स्थानमा रहँदा पाकिस्तान २०० औं र श्रीलंका २०६ औं स्थानमा छन्।
यो पटक फिफा वरीयतामा २२औं स्थानसम्म कुनै टिमको हेरफेर भएको छैन। फिफा वरीयताको शीर्ष स्थानमा बेल्जियम रहँदा दोस्रो विश्वविजेता फ्रान्स, तेस्रो स्थानमा ब्राजिल, चोथो स्थानमा इंग्ल्यान्ड र पाँचौ स्थानमा उरुग्वे छन्।
त्यस्तै, क्रोएसिया, पोर्चुगल, स्पेन, अर्जेन्टिना र कोलम्बिया क्रमशः छैटौं, सातौं, आठौं, नवौं र १०औं स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।