काठमाडौं- भ्रष्टाचारसम्बन्धी जाँचमा पाकिस्तान क्रिकेट बोर्डले ब्याट्सम्यान उमर अक्मालमाथि कुनै पनि क्रिकेट गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाएको छ।
‘पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले तत्कालिन परिस्थितिमा दोषी पाइएकाले उमर अक्माललाई प्रतिबन्ध लगाएको छ, पिसिबीको थप जाँच चल्दासम्म उनी कुनै पनि क्रिकेट गतिविधिमा संलग्न हुन नपाउने गरिएको छ’ बोर्डले विज्ञप्तीमा उल्लेख गरेको छ।
अनुसन्धान पूरा नभइसकेकाले त्यस विषयमा थप केही बताउन नसकिने पिसिबीले जनाएको छ।
यसले पाकिस्तान सुपर लिग अन्तर्गत क्वेटा ग्लाडियटर्स टिममा उनले खेल्न नपाउने देखिएको छ।
२६ वर्षका उमरले पाकिस्तानका लागि १६ टेस्ट, १ सय २१ एकदिवसीय र ८४ टी ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्। जसमा टेस्टमा १ हजार ३, एकदिवसीयमा ३ हजार १ सय ९४ र टी ट्वान्टी अन्तर्राष्ट्रियमा १ सय ६ सय ९० रन बनाएका छन्।
उनले पाकिस्तानबाट अन्तिम टेस्ट २०११ मा, अन्तिम एकदिवसीय २०१९ को मार्चमा र २०१९ को अक्टोवरमा खेलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।