काठमाडौं– त्रिभुवन विश्वविद्यालयले फागुन दोस्रो साता गर्ने भनिएको स्वतन्त्र विद्यार्थी युनियन९स्ववियु०को चुनाव स्थगन गरेको छ।
आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा फागुन १४ गते गर्ने भनिएको चुनाव त्रिवि कार्यकारी परिषदको सोमबार बसेको बैठकले हाललाई स्थगित गर्ने निर्णय गरेको हो। ‘विशेष कारण’ चुनाव सार्नु परेको त्रिविको भनाइ छ।
स्ववियु चुनाव यसअघि २०७३ फागुन १८ मा भएको थियो। दुई वर्षे कार्यकाल सकिएपछि आगामी फागुन १३ गतेसम्मका लागि थप गरिएको थियो।
याे पनि
फागुन १४ मा स्ववियु निर्वाचन नहुने निश्चित
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।