• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २८, २०८३ Sat, Nov 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

फागुन १४ मा स्ववियु निर्वाचन नहुने निश्चित

चुनाव नहुने परिस्थिति आउनुमा एक अर्कालाई दोष लगाउँदै त्रिवि प्रशासन तथा विद्यार्थी संगठन
64x64
नेपाल लाइभ सोमबार, माघ २७, २०७६  १५:०८
1140x725

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नहुने सम्भावना बढेसँगै एकले अर्को पक्षलाई दोष देखाएका छन्। 

निर्धारित मिति फागुन १४ मा स्ववियु निर्वाचन हुन नसक्नुमा त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले नेपाल विद्यार्थी संघलाई दोष देखाएको छ। नेविसंघले भने त्रिवि प्रशासनले स्ववियु निर्वाचन गर्न तदारुकता नदेखाएको आरोप लगाएको छ। सत्तारुढ दल नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूले पनि स्ववियु निर्वाचन गराउन त्रिवि प्रशासनको तयारी आवश्यकताअनुरुप नभएको उल्लेख गरेको छ। 

त्रिवि कार्यकारी परिषदले फागुन १४ मा स्ववियु निर्वाचन हुने गरि कार्यतालिका घोषणा गरेको थियो। तर नेविसंघले निर्वाचनप्रति चासो कम देखाएको त्रिवि प्रशासनको बुझाइ छ। प्रमुख दुई विद्यार्थी संगठनमध्ये नेविसंघले रेक्टर नियुक्तिको माग प्रमुखतासँग उठाएको छ। स्ववियु निर्वाचनप्रति उदासिन भएको कुरालाई अस्वीकार गर्दै नेविसंघ अध्यक्ष राजीव ढुङ्गानाले भने, ‘स्ववियु निर्वाचनका लागि निर्वाचन आयुक्तका रुपमा रहने रेक्टरको नियुक्ति भएको छैन। त्यो नहुन्जेल निर्वाचन हुन सक्दैन। त्रिवि प्रशासन नै निर्वाचनका लागि तयार भएन।’ 

रेक्टर नियुक्ति नभए पनि स्ववियु निर्वाचन गर्न सकिने त्रिवि कल्याणकारी महाशाखाका गंगाबहादुर थापाले बताए। उनले भने,‘कसैलाई जिम्मेवारी दिएर निर्वाचन गर्न पनि सकिन्छ। विद्यार्थी संगठन त्यसका लागि तयार हुनुपर्‍यो।’

त्रिवि कार्यकारी परिषदले स्ववियु निर्वाचनको मिति तय गर्दासम्म नेविसंघको कार्यसमिति गठन भइसकेको थिएन। माघ १६ मा नेविसंघको तदर्थ समिति गठन भइसकेपछि त्रिवि कार्यकारी परिषदसँग छलफल भएको थियो। नेविसंघ कार्यसमिति भर्खरैमात्रै गठन भएकाले स्ववियु निर्वाचनको तयारीको लागि थप समय माग गरिएको थियो। त्रिवि कल्याणकारी महाशाखाका थापाले भने,‘हामीहरु थप छलफल गरेर आउँछौ भन्नुभएको हो। अहिलेसम्म आउनुभएको छैन।’ नेविसंघ अध्यक्ष ढुङ्गाना भने त्रिविले सर्वपक्षीय छलफलका लागि एकपटक पनि नबोलाएको बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

कार्यवाहक रेक्टर तथा मानविकी संकायका डिन शिवलाल भुसाललाई स्ववियु निर्वाचन गर्न जिम्मेवारी दिने त्रिविको तयारी छ। भुसालको संयोजकत्वमा स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति गठनसमेत गरिएको छ।

चैत मध्यबाट त्रिविका संकायहरुको परीक्षा सञ्चालन हुने भएकाले त्यसभन्दा पछि निर्वाचन सार्न नसकिने त्रिवि प्रशासनले जनाएको छ। सामान्यतयाः निर्वाचनको एक महिनाअघि कार्यतालिका सार्वजनिक गर्ने परम्परा छ। गत साता त्रिविले कार्यतालिका प्रस्ताव गरे पनि त्यसको अनुमोदन विद्यार्थी संगठनहरुले गरेका छैनन्। अनेरास्ववियूका सह संयोजक रञ्जित तामाङले फागुन १४ मा स्ववियु निर्वाचनको समय टरेको बताए। उनले भने,‘निर्धारित मितिमा स्ववियु निर्वाचन गराउन आधारभूत तयारी त्रिविले गर्न सकेन।’ 

त्रिविका ६२ आंगिक क्याम्पस छन्। सम्वन्धनप्राप्त करिब एक हजार एक सय क्याम्पस देशभर छन्। सम्वन्धन प्राप्त गरेका सबै क्याम्पसले भने स्ववियु निर्वाचन गर्दैनन्। त्रिवि कल्याणकारी महाशाखाका थापाले करिब ४ सय क्याम्पसमा स्ववियु निर्वाचन हुने जानकारी दिए।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

नेविसंघ र अनेरास्ववियुबीच विवादले २०६५ देखि स्ववियु निर्वाचन गर्न अवरोध हुँदै आएको थियो। २÷२ वर्षमा हुने स्ववियु निर्वाचन हुने प्रावधान छ। तर, २०६५ पछि मिति तोकिए पनि निर्वाचन सफल हुन सकेको छैन। २०७३ मा २ सयभन्दा बढी क्याम्पसमा निर्वाचन भएको थियो। त्यतिबेला कुल ६० आंगिक क्याम्पसमध्ये २१ मा मात्र निर्वाचन सम्पन्न भयो भने सम्बन्धन प्राप्तमा पनि अधिकांशमा हुन सकेन । संगठनबीच विवाद भएपछि तत्कालीन समयमा कतिपय क्याम्पसमा निर्वाचन हुन सकेको थिएन।

उमेर हद, निर्वाचन प्रणाली र संगठनबीच विगतमा विवाद हुँदै आएको थियो। पूर्व एमाले र पूर्व माओवादीबीच एकीकरण भएसँगै नेकपाको भ्रातृ संस्था अनेरास्ववियुले निर्वाचनमा जित निकाल्ने आँकलन गरेको थियो। अनेरास्ववियु केन्द्रीय समिति बैठकले ९५ प्रतिशत नतिजा आफ्नो पक्षमा आउने दाबी गरेको छ। अनेरास्ववियूका सहसंयोजक तामाङले निर्वाचन हुने अवस्थामा अधिकांश स्थानमा जित निकाल्ने दाबी गर्दै भने,‘हाम्रो संगठन धेरै स्थानमा नेतृत्वमा विजयी हुन्छ।’ सरकारको प्रभावकारिता मापन स्ववियु निर्वाचनमार्फत देखिने प्रष्टाउँदै नेविसंघ अध्यक्ष ढुङ्गाना आफ्नो संगठन पहिलो हुने दाबी गर्छन्। 

स्ववियु निर्वाचनमा उमेर हद र मिश्रित निर्वाचन प्रणाली लागू भएकाले विद्यार्थीहरुले विगतमा जस्तो रुची नदेखाएको आरोपसमेत लाग्ने गरेको छ।

२०६९ मा त्रिविले आफ्नो विनियमावली संसोधन गरेर उमेर हद र निर्वाचन प्रणालीमा परिवर्तन गरेको थियो। संसोधित प्रावधानअनुसार मिश्रित निर्वाचन प्रणाली र उमेर हदमा २८ वर्षको व्यवस्था राखिएको छ। २१ सदस्यीय कार्यसमितिमा अध्यक्ष, सचिव र कोषाध्यक्ष प्रत्यक्ष निर्वाचित हुनुपर्नेछ। उपाध्यक्ष, सहसचिवसहित ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीमार्फत् छनोट हुने व्यवस्था गरिएको छ। 

प्रकाशित मिति: सोमबार, माघ २७, २०७६  १५:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ?
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए
सम्बन्धित सामग्री
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ? उनले यसअघि केपी शर्मा ओली, सुशीला कार्की र वर्तमान सरकारको समेत आलोचना गर्दै आएको उल्लेख गरे । व्यक्तिगत सम्बन्ध आफ्नो ठाउँमा भए पनि... शुक्रबार, कात्तिक २७, २०८३
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश, प्रधानन्यायाधीश शर्माले गराए शपथ राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश मनोजकुमार शर्माले नवनियुक्त न्यायाधीशहरूल... शुक्रबार, कात्तिक २७, २०८३
‘सरकार कोठा खाली छ’ आन्दोलनलाई समर्थन गर्न जेनजी अगुवा मिराज ढुंगाना माइतीघरमा दलित अभियान्ता दीपा नेपाली सरकारलाई ‘सरकार, कोठा खाली छ?’ भन्ने प्रश्न सोध्न लिएर सडकमा उभिएको लामो समय भयो । शुक्रबार, कात्तिक २७, २०८३
ताजा समाचारसबै
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ? शुक्रबार, कात्तिक २७, २०८३
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै शुक्रबार, कात्तिक २७, २०८३
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए शुक्रबार, कात्तिक २७, २०८३
मलानको संयमित ब्याटिङमा चितवनको पुनरागमन, जनकपुर चार विकेटले पराजित शुक्रबार, कात्तिक २७, २०८३
देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्