• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

क्रान्तिप्रति रोल्पाली 'खबपु' को वितृष्णा किन? 

64x64
नेपाल लाइभ मंगलबार, फागुन ६, २०७६  १४:२२
1140x725

 पाँच वर्ष अघि रोल्पामा भेटिँदा उनी खबपु चञ्चल मगरका रुपमा चिनिन्थे। खबपुको पुरा अर्थ खड्गबहादुर पुन हो, जो अहिले रियालिटी शो कमेडी च्याम्पियन नेपालमा भाग लिन काठमाडौंमै छन्। एक साताअघि व्यंग गर्ने क्रममा उनले आफ्नै जिल्लाबाट सुरु भएको माओवादी युद्धलाई विषयवस्तु बनाए। तर त्यो खाली हसाउँन गरिएको प्रहसनमात्र थिएन, सिद्धान्त र दर्शनबाट विचलित माओवादीप्रतिको गुनासो पनि थियो। 

खबपुको क्रान्तिप्रतिको व्यंग शान्ति प्रकृया पछि बदलिँदै गएका माओवादी नेताहरु प्रतिको व्यंग थियो। माओवादीले ठूला-ठूला सपना बाँडेका थिए। अभाव, अशिक्षामा पिल्सिएका रोल्पालीका लागि ती सपना यति सुन्दर थिए कि उनीहरुले जीवनमोह बिर्सिए। जीवन बदल्नका लागि बलिदानी दिन तयार भए। माओवादी युद्धको क्रममा सबभन्दा धेरै रोल्पाबाट मरे। सपनासँग जोड्दा जति सुन्दर थियो माओवादी युद्ध, त्यति नै असहज थियो यथार्थ भोग्नु।

 खबपु चञ्चल मगर त्यही यथार्थमा हुर्केका हुन्। शान्ति प्रकृयासँगै माओवादीहरु काठमाडौं छिरेपछि खबपुजस्तै धेरै रोल्पालीहरु पुरानै लयमा फर्किन बाध्य भए। युद्धपछिका दिनमा खबपु पनि एउटा आम मानिसको लयमा आए। आफ्नै खुबी र सीप प्रयोग गरेर बाँच्ने कोशिस गरे र गरिरहेका छन्। उनी भावना पोख्न गजल लेख्छन्। विरह पोख्न बाँसुरी बजाउँछन्। जीवन त उदासीमात्र हैन, रमाउनका लागि आफ्नै गाउँठाउँका भाका गाउँछन्। गाउँघरका घटना र दैनिकी जोडेर चुट्किला भन्छन्। बाँसुरीको धुन र चुट्किलाले एकछिन हसाउँछ जरुर, तर त्यसैले जीवन भने चल्दैन। त्यसका लागि उनले रोल्पामा स्टेसनरी पनि चलाए, जहाँ साहित्यदेखि पाठ्यक्रमका किताबसम्म बेचिए।

यी सबै क्रान्तिले देखाएको सपनाभन्दा फरक अभ्यास र प्रयास थियो। यो अर्थमा खबपुका लागि क्रान्ति र समृद्धिको सपना देखाउनेहरु झुटा साबित भए। यस्तो अनुभूति गर्ने खबपु एक्लो रोल्पाली हैनन्। उनको अनुभूतिले अधिकांस रोल्पालीको पीडा र गुनासाको प्रतिनिधित्व गर्छ। 

सबैभन्दा पहिले क्रान्तिको सपना माओवादीको कुन नेताको मस्तिष्कमा पलायो? यसको बहस वा खोजिनीतिको अर्थ अब खासै नरहला। तर माओवादी नेता अहिले कुन बाटोमा हिँडिरहेका छन्? कुन मनोविज्ञानबाट निर्देशित छन्। उनीहरुको राजनीतिक उद्देश्य अब के छ? यी कुराहरुले भने अवश्य अर्थ राख्छ। 

क्रान्तिको नाममा चलेको माओवादी युद्धले पुरै देश प्रभावित पार्‍यो। तर यसको सुरुवात हुने जिल्लामध्ये रोल्पा किन पछि पर्न गयो? हरेक क्रान्तिको बिज सबभन्दा पहिले एक व्यक्तिको मस्तिस्कमा अंकुरण हुन्छ। सबैभन्दा पहिले क्रान्तिको सपना माओवादीको कुन नेताको मस्तिष्कमा पलायो? यसको बहस वा खोजिनीतिको अर्थ अब खासै नरहला। तर माओवादी नेता अहिले कुन बाटोमा हिँडिरहेका छन्? कुन मनोविज्ञानबाट निर्देशित छन्। उनीहरुको राजनीतिक उद्देश्य अब के छ? यी कुराहरुले भने अवश्य अर्थ राख्छ। 

साथै, क्रान्तिको उदगम थलो किन रोल्पा र रुकुमलाई नै किन बनाईयो? आज खबपुको मनमा खेलेको पीडा र मस्तिष्कमा उब्जिएको पीडासँग अवस्य तादाम्यता राख्छ। निसन्देह यसको सम्बन्ध सामाजिक, आर्थिक अवस्था र राजनीतिक चेतनासँग पनि जोडिन पुग्छ। 

कम्युनिष्ट दर्शन र सिद्धान्तप्रति झुकाव राख्ने रोल्पालीको चेतनाले पनि रोल्पालाई माओवादी युद्धको उदगम थलो बनाउन मदत पुगेको हो। यसमा पुराना कम्युनिष्ट नेता मोहनविक्रम सिंहको योगदान छ। तर यो एउटा आधारविन्दु हो। राजनीतिक आस्थाका आधारमा सरकारले लगाउने झुटा मुद्धा साथै रोल्पालीले भोगिरहेको कष्ट, गरिबी, अभाव पनि माओवादी युद्धका आधार थिए। यही आधारमा अघि बढेको माओवादी युद्ध १० वर्ष चल्यो। 

nimb
nimb
Ncell 2
Ncell 2

माओवादी शान्ति प्रकृयामा आएको पनि १४ वर्ष भइसकेको छ। यहाँसम्मको यात्रामा माओवादीले जति परिवर्तन गरेको दाबी गर्छ, त्योभन्दा धेरै आफैं परिवर्तन भएको छ। सिद्धान्तबाट विमुख भएपछि सिद्धान्तका आधारमा माओवादीलाई विश्वास गर्नेहरु दुःखी हुनु स्वाभाविक हो। 

हिजो क्रान्तिको निम्ति बन्दुक बोक्न अभिप्रेरित गर्नेहरु आज सरकारमा छन्। अफसोस यसमा छ कि सत्तामा पुगेपछि माओवादी पनि पुरानै संरचनाको अंश भएको छ। राजनीतिको यो परिदृश्यमा रोल्पा, रुकुमले धेरै गुमाएर थोरैमात्र पाएको अनुभूत गरेको छ। 

कुनै पनि स्थान विशेषको मानिस क्रान्तिमा लाग्नु उनीहरुको गल्ती हैन। त्यो सरकारको अदुरदर्शिता र असफलतासँग जोडिएको हुन्छ। रुकुम, रोल्पाका धेरै मानिसले माओवादी युद्धको समर्थन गरे। तुलनात्मक रुपमा रोल्पा रुकुमप्रति तत्कालीन राज्यसत्ता बढी आक्रामक पनि भयो। यही कारण अन्य जिल्लाको तुलनामा यी जिल्लामा धेरै सर्वसाधारणले ज्यान गुमाए। हिजो क्रान्तिको निम्ति बन्दुक बोक्न अभिप्रेरित गर्नेहरु आज सरकारमा छन्। अफसोस यसमा छ कि सत्तामा पुगेपछि माओवादी पनि पुरानै संरचनाको अंश भएको छ। राजनीतिको यो परिदृश्यमा रोल्पा, रुकुमले धेरै गुमाएर थोरैमात्र पाएको अनुभूत गरेको छ। 

ठूलो मुल्य चुकाएको रोल्पा, रुकुमले राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने नेताहरु जन्माएको छ। प्रायः हरेक सरकारमा केही थान मन्त्री पाएकै हुन्छ। नेता सरकारमा भएपछि त्यहाँका पढालेखाले राजनीतिक नियुक्ति पाएका छन्। तर यो उपलब्धी सीमित व्यक्तिका लागि हो। धेरैको नियति आज पनि उस्तै छन्। राजनीतिक स्टन्ट गर्न केही अनुपम योजना रोल्पा–रुकुम पुर्‍याइएका छन्। सडक र पुलहरु बन्दैछन्। तर यी सरकार सञ्चालनका सामान्य प्रकृयाका परिणामभन्दा केही हैनन्। 

खड्गबहादुर पुनसँग लेखक

यी कामले हिजो क्रान्तिमा लाग्नेको जीवनमा तात्विक भिन्नता ल्याएको छैन। हिजो पनि गरिब रोल्पाली काठमाडौं आउँदा इँटाभट्टाको मजदुर हुन्थे। आज पनि त्यो नियति फेरिएको छैन। उनीहरु सिंहदरबारमा बसेका नेतालाई सजिलै भेट्न पाउँदैनन्। हिजो उनीहरुले आफ्नो गाँस काटेर खुवाएका नेता आज ठेकेदार र व्यापारीको भान्सा पुगेको तस्बिरसार्वजनिक हुन्छ। उनीहरु हिजो जसको निशानामा थिए, आज उनीहरुकै सुरक्षा घेरामा छन्। नेताको नियत बदलियो तर जनताको नियति यथावत छ। गुनासो यति हो कि हजारौको बलिदानी एकाध नेताको जीवन समृद्ध पार्न थिएन। 

अहिलेको राजनीतिक व्यवस्था विद्रोही माओवादी र खुल्ला राजनीतिमा रहेका राजनीतिक दलबीचको सम्झौताको परिणाम हो। १२ बुँदे सहमतिको परिणाम माओवादीले युद्धकालमा बाँडेको सपनाजस्तो हुँदैन भन्ने निश्चित थियो। यो सहमतिलाई विभिन्न माओवादी नेताले विभिन्न कोणबाट हेर्ने र व्याख्या गर्ने काम गरे। आजको दिनमा ती नेताहरु विभाजित भएर फरक–फरक राजनीतिक पसल खोलेर बसेका छन्। 

गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता तथा समावेशीता माओवादी आन्दोलनको देन हो। तर यी राजनीतिक परिवर्तनले मात्र जनताको जीवन परिवर्तन हुँदैन। हिजोको युद्धकालमा आहत भएका मनहरु यी परिवर्तन हेरेरमात्र खुसी हुन सक्दैनन्।

यद्यपि मूल जरो भने प्रचण्डनेतृत्वको माओवादी नै हो, जो अहिले नेकपामा आबद्ध छ। सम्झौता अनिवार्य थियो, अन्यथा माओवादी निमिट्यान्न भएर जान्थ्यो भन्ने नेकपामा आवद्ध माओवादी समूुहको दाबी छ। माओवादीको यो विश्लेषण युद्धमा होमिएपछिको हो वा युद्धमा लाग्नुअगाडि नै थियो, यो छलफल र बहसको अर्काे पाटो हो। तर सम्झौताको बाटो हिडे पनि माओवादी यति बिघ्न स्खलित हुनुहुँदैन थियो। 

गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता तथा समावेशीता माओवादी आन्दोलनको देन हो। तर यी राजनीतिक परिवर्तनले मात्र जनताको जीवन परिवर्तन हुँदैन। हिजोको युद्धकालमा आहत भएका मनहरु यी परिवर्तन हेरेरमात्र खुसी हुन सक्दैनन्। यसका लागि सरकारले उनीहरुको जीवनशैलीमा सहजता ल्याउने काम गर्नुपर्छ। त्यसको निम्ति सफा नियत र उच्च नैतिकता चाहिन्छ। तर माओवादी नेताको नियत र नैतिकतामा माओवादी युद्धलाई नजिकबाट देखेका, भोगेकाले विश्वास गर्न छाडिसकेका छन्।

 हिजो संसार बदल्छौ भन्ने माओेवादीहरु, कर्मचारीको आनीबानीबाट आजित भयौं भनिरहेका छन्। उनीहरुको भनाइको आशय जनताको मतले निर्वाचित नेताभन्दा लोकसेवा पास गरेर आएको कर्मचारी धेरै बलियो छ। तर यथार्थमा कर्मचारी बलियो हैन, हिजो क्रान्ति गर्नेहरुको मनोबल खस्किएको हो। जब नियत र नैतिकतामा खडेरी लाग्छ, निश्चय नै मनोबल कमजोर हुन्छ।  

संसार बदल्छौं भन्ने क्रान्तिकारी किन यति कमजोर भए? यसको उत्तर सपाट छ। क्रान्ति उच्च नैतिकवानले उठाउने कदम हो। खुला राजनीतिमा आएपछि माओवादीले नैतिकता पुँजिवादीको जालोमा नराम्ररी बेरियो। खबपुको व्यंग एक थोक बोलेर अर्कै थोक गर्न उद्धत माओवादी नेताप्रति हो, सिंगो क्रान्तिप्रति हैन जहाँ खबपुजस्ता कैयौका सपनामाथि गरिएको कुठाराघात जोडिन पुग्छ। 

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०७६  १४:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन मंगलबार, भदौ २, २०८३
संविधान संशोधनका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्न कांग्रेसको माग मंगलबार, भदौ २, २०८३
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्