साेउल- नक्कली परीक्षार्थीलाई परीक्षा दिलाई कोरिया प्रवेश गरेका एक सयभन्दा बढी नेपालीलाई कोरियाको अध्यागमन कार्यालयले पक्राउ गरेको छ।
इपीएस भाषा परीक्षामा अनुहार मिल्ने नक्कली परीक्षार्थीलाई परीक्षा दिन लगाएर पास गरी यहाँ आएका नेपालीहरु पक्राउ गरिएकाे कार्यालयले जनाएको छ। पक्राउ परेकाहरुलाई सुरक्षा संवेदनशीलताका विविध विषयमा अनुसन्धान गरेर नेपाल डिपोर्ट गर्ने गरिएको कार्यालयले जनाएको छ।
अनुहार मिल्ने साथीलाई भाषा परीक्षामा लेख्न लगाइ काेरिया आएको भन्ने सूचनाका आधारमा एक जनालाई पक्राउ गररी छानबिन गर्दा यसरी आउने नेपालीको संख्या ठूलो हुन सक्ने भन्दै सरकारले छानबिन सुरु गरेको थियो। पक्राउ परि डिपोर्ट हुनेहरुमा कोरिया आएको तीन महिना भएकादेखि साढे तीन वर्ष बसेकासम्म रहेको कार्यालयले जनाएको छ।
यसरी पक्राउ पर्नेहरुमा ताप्लेजुङ, पाँचथर, म्याग्दी लगायतका जिल्लाबाट आउने नेपालीहरुको संख्या ठूलो रहेको प्रवासी श्रमिक संगठन (एमटियु)का अध्यक्ष उदय राईले बताए। परीक्षामा अरुलाई लेख्न लगाइ कोरिया आएका नेपालीलाई सोझै नेपाल डिपोर्ट गर्ने गरेको भएपनि अर्काको परीक्षा दिनेहरुलाई भने विभिन्न सुरक्षा सम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाइएको अध्यागमन कार्यालयको भनाइ छ।
यसरी आउनेहरु कोरियाको आन्तरिक सुरक्षाको विषयमा पनि खतर हुनसक्ने भन्दै उनीहरुलाई थप मुद्दा चलाउने गरेको राईको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।